News Portal

क्रिश्चियनको भेलामा विवादीत अभिव्यक्ति दिने संस्कृतिमन्त्री किराँतीका कारण माओवादीभित्र खैलाबैला

हिमालीसंचार संवाददाता
३१५ पटक

काठमाडौं। क्रिश्चियन धर्मावलम्बीहरूको एउटा कार्यक्रममा पुगेर विवादीत अभिव्यक्ति दिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले दिएको अभिव्यक्तिका कारण माओवादीभित्र खैलाबैला मच्चिएको छ।

किराँतीको अभिव्यक्तिका कारण माओवादीमा रहेका कतिपय सदस्य र नेताहरू जसले विभिन्न धर्ममा आस्था राख्छन् उनीहरूको मानमा चोट पुगेको भन्दै कारबाहीसम्मको माग गरिएको छ। तथापी माओवादीको पदाधिकारी बैठकमा भने यो विषयलाई प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नजरअन्दाज गरेको बताइन्छ।

पूर्वश्रममन्त्री रामेश्वर राय यादवले त किराँतीलाई कारबाही गरिनुपर्ने माग राखेका छन्। उनले कसैको धर्मप्रति होच्याउने अधिकार मन्त्री किराँतीलाई नरहेको पनि बताइसकेका छन्।

यादवले पार्टीभित्र पनि विभिन्न धर्ममा आस्था राख्नेहरूको भावनामा चोट लाग्ने अभिव्यक्ति मन्त्री किराँतीले दिएको टिप्पणी गरेको बीबीसीले उल्लेख गरेको छ।

‘म पार्टीलाई पनि भन्छु, यस्ता कुराहरूलाई छुट दिनुहुन्न। यसले सामाजिक द्वन्द्व बढाउँछ’, यादवले भने,‘क्रिश्चियन (धर्म) नमान्ने राष्ट्रघाती हो भन्ने जुन शब्द उहाँले प्रयोग गर्नुभयो, त्यो आपत्तिजनक हो। अरू कुनै समुदाय वा सम्प्रदायलाई होच्याउन पाइँदैन।’

मन्त्री किराँतीले दिएको अभिव्यक्तिका कारण हिन्दूत्वको सवाल उठाइरहेकालाई बल पुग्ने भएका कारण नसियत दिनुपर्ने माओवादी उपाध्यक्ष पम्फा भुसालले नेताहरूसँग बताउने गरेकी छन्।

धर्म निरपेक्षता माने पनि कुनै धर्मलाई होच्याउने या आघात पुग्ने प्रकारान्तरको अभिव्यक्ति क्षम्य नहुने भुसालको बुझाई रहेको माओवादीका नेताहरू बताउँछन्।

माओवादीबाट सदन पुगीसकेका पूर्वसांसद रामकुमार शर्माले त यस विषयमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापनपत्र नै बुझाएका थिए। ‘सनातन हिन्दू धर्म र संस्कृति मान्नेलाई पीडा दिएको पाएको छु’, उनले भनेका छन्।

त्यसो त मन्त्री किराँतीको अभिव्यक्तिको प्रत्योत्तर हिन्दूवादीले सडकबाट नै दिएका थिए। क्रिसमसका दिन पशुपति क्षेत्रबाट निस्किएको हिन्दू धर्मावलम्बीको जुलुसले किराँतीको राजीनामा माग गरेको थियो। उक्त जुलुस नयाँ वानेश्वर क्षेत्रमा पुगेर सभामा परिणत हुँदा सयौं पटक किराँतीको राजीनामा माग गरियो।

यसले माओवादी पार्टीलाई नै हानी हुने स्थिति देखिएको भन्दै कतिपय नेताले किराँतीले माफी माग्नुपर्ने वा आत्माआलोचना गर्नुपर्ने समेत माग राखेका छन्। तर, प्रधानमन्त्री प्रचण्ड भने यस विषयमा मौन छन्। उता किराँतीले भने आफ्नो भनाईको बचाऊ गर्दै आएका छन्।

मन्त्री किराँतीले क्रिश्चियन मान्दिन भन्ने संविधान विरोधी भएको र त्यसो गर्नेलाई जेलमा हाल्नुपर्ने बताएका थिए।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...