News Portal

फेरी कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजार जनाले दिए आवेदन

“अनुत्तीर्ण परिक्षार्थीहरु सहित १ लाख ७५ हजार पुग्यो!”

पत्रपत्रिकाबाट
३४७ पटक

पौष-७,शनिबार/काठमाडौं – कोरियन भाषा परीक्षा (इपीएस)का लागि यसपटक १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन्। हिजो शुक्रबार अन्तिम दिन राति १२ बजेसम्म १४३ हजार ८१२ जनाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख गुरूदत्त सुवेदीले जानकारी दिएका छन्।

गत पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएको थियो। अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएका कारण यसपालि अहिलेसम्मकै बढि आवेदन परेको शाखा प्रमुख सुवेदीले बताए। अनलाइन प्रणालीबाट आवेदन दिन सकिने व्यवस्था तीन वर्ष अघिदेखि मात्रै सुरू भएको थियो।

गत साउनमा सञ्चालन भएको परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने हुँदा यसपालि परीक्षार्थीको संख्या १ लाख ७५ हजार हाराहारीमा पुग्ने सुवेदीले जानकारी दिए।

गत साउनमा पानी जहाज निर्माणसम्बन्धि कामको लागि इपिएस परीक्षा भएको थियो। यसमा आवेदन दिएर अनुत्तीर्ण भएकाहरूलाई यसपटकको परिक्षामा सामेल नगर्ने गरी सरकारले आवेदन खुलाइएको थियो।

त्यसबेला अनुत्तीर्ण भएका १८ जना उच्च अदालतमा यो निर्णय विरूद्ध गएका थिए। अदालतले सो समय अनुत्तीर्ण भएकाहरूले पनि यसपटकको भाषा परीक्षामा सहभागिता जनाउन पाउने निर्णय गरेको थियो। रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा पास गर्नुपर्छ।

दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लाने तयारी गरेको छ। कोरियामा उत्पादनमूलक क्षेत्रमा मात्रै सो संख्यामा आवेदन खुलाएको हो। यो क्षेत्रको लागि हाल खुल्ला गरिएको आवेदनको परीक्षा मिति भने तोकिएको छैन।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...