आज : २०२६-१०-२०, मङ्गलबार

मारिएका साउदी पत्रकार खशोग्गीकी श्रीमतीलाई अमेरिकाले दियो शरण

एजेन्सी। टर्कीको इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासमा मारिएका पत्रकार जमाल खशोग्गीकी श्रीमती हानान इलात्राले अमेरिकामा राजनीतिक शरण पाएकी छन्।

अमेरिकी गुप्तचर एजेन्सीले अक्टोबर २०१८ मा जमाल खशोग्गीको हत्यामा साउदी अरेबियाको हात रहेको दाबी गरेको छ।

पतिको हत्यापछि हानानले आफूलाई असुरक्षित महसुस गर्दै अगस्ट २०२० मा संयुक्त राज्यमा शरण लिनको लागि वर्क परमिटमा संयुक्त राज्य अमेरिका गएकी हुन्। यस क्रममा उनलाई अमेरिकाले २८ नोभेम्बरमा अनिश्चितकालीन शरण दिएको बीबीसीले उल्लेख गरेको छ।

इलात्राले भनिन्, ‘मैले जितेँ, हो उनीहरूले जमालको ज्यान लिए र मेरो जीवन बर्बाद पारे, तर मैले जितेँ।’