News Portal

तमु प्ये ल्हु संघ कुवेतले जनवरी ४ मा तमू ‘फो- ल्होसार मनाउने

हिमाली संचार संवाददाता
६५५ पटक

कुवेत, १ नोवेम्बेर : तमु प्ये ल्हु संघ कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब तमू ‘फो- ल्होसार बिभिन्न सँस्कृतिक कार्यक्रमको साथ जनवरी ४ तरिक २०१९ शुक्रबार दिन कुबेतको फर्वानिया स्थित आइडियल अडिटोरियम हलमा भब्य रुपले मनाउने भएको छ।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात फैल्यउदै आइरहेको तमु प्येल्हु संघ, कुवेतले हरेक वर्ष तमु ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ।

कुवेतको नेपाली समाजमा पनि धेरै कार्यक्रम को रुपरेखा तयार भएको छ भने आफ्नो स्थापना देखी नै हरेक कार्यक्रम सफल बनाउदैआएको तमु प्ये ल्हु संघ कुवेतले “तमु फो-ल्होसार” (मृग बर्ग) को ल्होसारलाइ भब्य र सब्य पार्नको लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथिहरुलाई संस्थाका कलाकारहरुको जोडदार प्रस्तुतीको साथ मनोरञ्जन दिनेछन।

गएको शुक्रबार कुबेत सिटीमा तमु प्ये ल्हु संघ कुवेतको अध्यक्ष उमा गुरुङको अध्यक्षतामा बसेको बैठकले तमू ‘फो- ल्होसार जनवरी ४ तरिक मनाउने निर्णय गरेको हो ।

उक्त दिन कुवेतमा कृयाशिल सम्पूर्ण संघ-सस्था, सामजसेवी, बुद्धिजीवी,भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी, राजनीतिज्ञ लगायत सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुन हार्दिक निमन्त्रणा गदै चुले निम्तो दिदै अध्यक्ष उमा तमुस्योले अनुरोध गरेकी छन।

तपशिल
कार्यक्रम : तमु ‘फो-ल्होसार
स्थान : फर्वानिय आइडियल अडिटोरियम हल
मिति : ४ जनावरी २०१९ शुक्रबार
समय : बिहान ठीक ११ बजे

आयोजक : तमु प्ये ल्हु संघ, कुवेत

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...