News Portal

रुस र युक्रेन युद्धमा मारिए अर्का नेपाली युवक

हिमालीसंचार संवाददाता
३७१ पटक

काठमाण्डौ। रुसी सेनामा कार्यरत कैलालीका एक युवकको मृत्यु भएको छ। युक्रेन र रुसबिचको लडाइमा रुसका तर्फबाट लडिरहेका टीकापुरका युवकको मृत्यु भएको हो।

टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको युक्रेन र रुसको सीमामा मृत्यु भएको बुझिएको छ। उनको मृत्यु गत २० नोभेम्बरमा भएपनि परिवारले भने गएको शुक्रवार मात्र मृत्युको खवर पाएका थिए।

लडाइमा गोली लागेर घाइते भएका शाहको समयमा उपचार नपाउँदा मृत्यु भएको उनीसँगै रुसी सेनामा कार्यरत कञ्चनपुरका अर्का एक युवाले शुक्रवार शाहको परिवारलाई मेसेज गरेर जानकारी गराएका थिए।

युएईको दुबईको रोयल गार्डका रुपमा कार्यरत शाह तीन महिनाअघि त्यहीबाट रुसी सेनामा भर्ना भएको उनका परिवारका सदस्य मंगल शाहले जानकारी दिए। रुसी सेनाले भने शाहको परिवारलाई आधिकारिक रुपमा यसको जानकारी गराएको छैन।

शाहसँगै युक्रेनबिरुद्ध रुसका तर्फबाट लडिरहेका कञ्चनपुरका अर्का एक युवाले आफू पनि युद्ध मैदानमा रहेको र फर्किने संभावना नरहेको पीडादायी मेसेज पठाएको बुझिएको छ।

युद्ध लडिहरेकाहरुसँग मोवाइल र अन्य सञ्चारसुबिधा नरहेको र लडाइको मैदानबाट भाग्ने वा जोगिने संभावना पनि नरहेको उनले युक्रेन र रुसको सीमाबाट मेसेज पठाएका छन्।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...