News Portal

कर्मचारी सरुवामा व्यस्त हुँदा अन्य काम अलपत्र पऱ्यो

पत्रपत्रिकाबाट
३१६ पटक

मंसिर-३०,शनिबार/काठमाडौं – संधीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी सरुवामा व्यस्त हुँदा संधीयता सहजीकरणको काम अलपत्र पर्दै आएको छ । तीनै तहमा कर्मचारी व्यवस्थापन र सङ्घीयता कार्यान्वयनमा सहजीकरण गर्ने मुख्य जिम्मेवारी रहेको मन्त्रालयको सबै ध्यान कर्मचारी सरुवामा मात्र केन्द्रित छ ।

निजामती सेवा ऐनले साउन र भदौ महिनामा कर्मचारी सरुवा गर्ने समय तोके पनि बाह्रमासे कर्मचारी सरुवाले संधीयता कार्यान्वयनमा सहजीकरण गर्ने काम ओझेलमा परेको हो । 

पूर्वसचिव पूर्णचन्द्र भट्टराईले कर्मचारी प्रशासन महाशाखा कर्मचारी सरुवाको काममा लाग्दा अन्तिम निर्णय सचिवले गर्नुपर्ने र सचिवको अधिकांश समय नै कर्मचारी सरुवाको काममा बित्ने गरेकाले संधीयता सहजीकरणको काममा सुस्तता आएको बताए। उनले भने, “मन्त्रालयका सबै महाशाखा कर्मचारी सरुवामा नलागे पनि सचिव र मन्त्रीलाई कर्मचारी सरुवाको भार थपिँदा संधीयता सहजीकरणको काम अलि सुस्त भएको जस्तो देखिन्छ ।”  

उनका अनुसार संध, प्रदेश र स्थानीय तहका तीनवटै तहको काममा सहजीकरण गर्नका लागि फाजिलमा रहेका कर्मचारी व्यस्थापन गर्नुपर्ने, स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका कर्मचारीको मापदण्ड संधीय सरकारले बनाउने उल्लेख गरेकाले तत्काल मापदण्ड निर्माण गर्नुपर्ने, कर्मचारी र जनप्रतिनिधिको क्षमता विकास गर्नुपर्ने जस्ता विविध कारण समस्या देखिएको छ ।

संधीय व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले २०७९ जेठ २० मा सरकारलाई प्रतिवेदन बुझाएको थियो । सरकारलाई बुझाएको ९९ बुँदे निर्देशनमा संधीयता कार्यान्वयनमा सहजीकरण गर्ने अधिकांश काम संधीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नुपर्ने उल्लेख छ । 

नागरिकप्रतिको जवाफदेहीसम्बन्धी औजार अनिवार्य रूपमा प्रयोग गरी पारदर्शिता र विश्वसनीयता स्थापित गर्ने एवं कर्मचारीका निम्ति जवाफदेहीसम्बन्धी कानुन बनाउने, सेवाग्राहीको बढी भिड हुने मालपोत, नापी कार्यालय, यातायात, भन्सार, वैदेशिक रोजगार, कर, जिल्ला प्रशासन, गाउँपालिका, नगरपालिकालगायतका कार्यालयले दिने सेवालाई छिटोछरितो बनाउन अनलाइन प्रणालीमा सेवा प्रवाह, सेवाग्राही सहायता कक्ष, सिसी क्यामरा जडानलगायतका विधि प्रयोग गर्ने काम गर्न सरकारलाई निर्देशन गरेको थियो । 

संधीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डाक्टर नारायण रेग्मीले भने मन्त्रालयले संधीयता कार्यान्वयनमा सहजीकरण गर्ने काम गरिरहेको दाबी गरे । उनले आगामी दिनमा मन्त्रालयले कर्मचारी सरुवा व्यवस्थापन र संधीयता कार्यान्वयन गर्ने कामलाई व्यवस्थित रूपमा अगाडि बढाउने योजना मन्त्रालयले बनाइरहेको बताए। 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...