News Portal

नेपाली सेनाले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गऱ्यो, सूचना सहित

पत्रपत्रिकाबाट
४९१ पटक

मंसिर-२९ शुक्रबार/काठमाडौं – नेपाली सेनाले विभिन्न रिक्त पदहरूका लागि दरखास्त आह्वान गरेको छ।सेनाले सूचना प्रकाशन गर्दै प्राविधि, हवाई लगायत विविध सेवामा रिक्त १२५ कर्मचारी माग गरेको हो।

नेपाली सेनाले नर्सिङतर्फ १८ जना, मेडिकलतर्फ ३२ जना, मर्मततर्फ १२ जना, सैनिक ब्याण्डतर्फ १४ जना, कर्मचारीतर्फ ४२ जना लगायत विभिन्न सेवाका लागि केही संख्यामा कर्मचारी माग गरेको हो। 

इच्छुक तथा योग्यता पुगेकाहरूले नेपाली सेनाको केन्द्रिय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ गतेसम्म दरखास्त दिन सक्नेछन्। सेनाले फरक-फरक पदमा दरखास्तका लागि फरक-फरक शुल्क समेत तोकिएको छ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ । योग्यता पुगेका नेपाली नागरिकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर बुझाएर माघ ६ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...