News Portal

नेपाली सेनाले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गऱ्यो, सूचना सहित

पत्रपत्रिकाबाट
४६७ पटक

मंसिर-२९ शुक्रबार/काठमाडौं – नेपाली सेनाले विभिन्न रिक्त पदहरूका लागि दरखास्त आह्वान गरेको छ।सेनाले सूचना प्रकाशन गर्दै प्राविधि, हवाई लगायत विविध सेवामा रिक्त १२५ कर्मचारी माग गरेको हो।

नेपाली सेनाले नर्सिङतर्फ १८ जना, मेडिकलतर्फ ३२ जना, मर्मततर्फ १२ जना, सैनिक ब्याण्डतर्फ १४ जना, कर्मचारीतर्फ ४२ जना लगायत विभिन्न सेवाका लागि केही संख्यामा कर्मचारी माग गरेको हो। 

इच्छुक तथा योग्यता पुगेकाहरूले नेपाली सेनाको केन्द्रिय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ गतेसम्म दरखास्त दिन सक्नेछन्। सेनाले फरक-फरक पदमा दरखास्तका लागि फरक-फरक शुल्क समेत तोकिएको छ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ । योग्यता पुगेका नेपाली नागरिकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर बुझाएर माघ ६ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...