News Portal

१४ किलोग्राम सुन प्रकरणमा सरसफाई सुपरभाजर पाण्डे पक्राउ

पत्रपत्रिकाबाट
३४६ पटक

मंसिर-२८, बिहिबार/काठमाडौं – काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १४ किलोग्राम सुन प्रकरणमा थप एक जना सरसफाई सुपरभाईजर पक्राउ परेका छन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले सरसफाई सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पुष्टि गरे।

गत मंसिर २१ गते राति ११:४० बजे फ्लाइ दुबई एफजेड ५७३ बाट विमानस्थल ओर्लेका चन्द्र घले पक्राउ परेका थिए। उनले एउटा ज्याकेट बनाएर १४ किलोग्राम सुन नेपाल ल्याएका थिए। सुन भित्रिँदैछ भन्ने विशेष सूचनाको आधारमा भन्सार कार्यालयले उनी आउने बित्तिकै विमानबाटै पक्राउ गरेको थियो। 

पक्राउ परेका उनले सुन गोरखाका मीनबहादुर घलेको बताएका थिए। त्यही राति नै मीनबहादुर घलेलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। १४ किलो सुन बरामद भएपछि भन्सार कार्यालयले त्यसको छानबिन गर्न समिति पनि गठन गरिसकेको छ। 

प्रमुख भन्सार अधिकृत मणिराम पौडेल, प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लिप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना समिति रहेको एक उच्च समिति गठन गरिएको छ।  

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...