News Portal

१४ किलोग्राम सुन प्रकरणमा सरसफाई सुपरभाजर पाण्डे पक्राउ

पत्रपत्रिकाबाट
३१९ पटक

मंसिर-२८, बिहिबार/काठमाडौं – काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १४ किलोग्राम सुन प्रकरणमा थप एक जना सरसफाई सुपरभाईजर पक्राउ परेका छन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले सरसफाई सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पुष्टि गरे।

गत मंसिर २१ गते राति ११:४० बजे फ्लाइ दुबई एफजेड ५७३ बाट विमानस्थल ओर्लेका चन्द्र घले पक्राउ परेका थिए। उनले एउटा ज्याकेट बनाएर १४ किलोग्राम सुन नेपाल ल्याएका थिए। सुन भित्रिँदैछ भन्ने विशेष सूचनाको आधारमा भन्सार कार्यालयले उनी आउने बित्तिकै विमानबाटै पक्राउ गरेको थियो। 

पक्राउ परेका उनले सुन गोरखाका मीनबहादुर घलेको बताएका थिए। त्यही राति नै मीनबहादुर घलेलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। १४ किलो सुन बरामद भएपछि भन्सार कार्यालयले त्यसको छानबिन गर्न समिति पनि गठन गरिसकेको छ। 

प्रमुख भन्सार अधिकृत मणिराम पौडेल, प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लिप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना समिति रहेको एक उच्च समिति गठन गरिएको छ।  

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...