News Portal

नेपालीभाषी भुटानीहरुले मनाए पुनर्वास एक दशक !

८६५ पटक

नारायण खड्का/अस्ट्रेलिया : अस्ट्रेलियाका विभिन्न शहरहरुमा शरणार्थीका रुपमा पुनर्वासमा आएका नेपालीभाषी भुटानीहरुले पुनर्वासको एक दशक विभिन्न कार्यक्रमहरु गरेर मनाएका छन्। भुटानबाट लखेटिएपछि नेपालको पूर्वी क्षेत्रहरुमा बसोबास गर्दै आएका नेपालीभाषी भुटानीहरुलाई अष्ट्रेलियाले सन २००८ देखि पुर्नवासमा ल्याएको थियो ।

पुनर्वासमा आएको एक दशक पुगेको अवसरमा उनीहरुले कलासंस्कृति, परम्परा र खानाहरुका साथ अतिथीहरुलाई स्वागत गरेका थिए भने नयाँ जीवन जीउने अवसर दिएको भन्दै अस्ट्रेलिया तथा यहाँका जनताहरुलाई धन्यवाद समेत दिएका थिए । कार्यक्रममा विभिन्न नेपाली गीतसंगीतहरुमा नृत्य, गायनहरु समेत प्रस्तुत गरिएको थियो ।

अस्ट्रेलियामा अहिले करिब ७ हजारको संख्यामा नेपालीभाषी भुटानीहरु रहेको बताईन्छ । अस्ट्रेलियाले मुख्य गरेर दक्षिण अस्ट्रेलिया र अल्बरीमा ठूलो संख्यामा उनीहरुलाई स्थापित गराएको छ भने मेल्बर्नका विभिन्न स्थानहरुका साथै तास्मानिया, ब्रिसबन, केन्स, सिड्नी लगायतका स्थानहरुमा समेत उल्लेख्य संख्यामा उनीहरुलाई पुनर्वास गराएको छ ।

१० वर्षको अवधिमा आफुहरुले पाएको सफलता र पाएको नयाँ जीवनलाई उत्साहका साथ मनाउनका लागि विशेष कार्यक्रमको आयोजना गरिएको उनीहरुले बताएका छन् । ‘हाम्रो मुख्य उद्देश्य नै आफुहरुलाई अस्ट्रेलियाली सरकार र यहाँका जनताले दिएको साथ, माया र विश्वासलाई सम्मान गर्ने र सम्बन्धलाई अझ विस्तार गर्ने हो ।’ भुटानी युवा तथा कलाकार दुर्गा रिमालले कान्तिपुरसँग भने ।

तास्मानिया, मेल्टन, एडिलेड र अल्बरीमा रहेका नेपालीहरुले कार्यक्रम सम्पन्न गरिसकेका छन् भने सिड्नीमा केही दिनमा आयोजना गर्ने तयारी भइरहेको छ । कार्यक्रममा सहभागिहरुले आफू नेपालको विभिन्न शिविरहरुममा रहन्दादेखि अस्ट्रेलियामा आएर गरिएको संघर्षहरुलाई सम्झना गरेका थिए । अस्ट्रेलियाली सरकार तथा काउन्सिलको तर्फबाट सहभागीहरुले शरणार्थीको रुपमा आएपनि अस्ट्रेलियालाई बहुसांस्कृतिक देश बनाउन पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...