News Portal

राष्ट्रिय स्वतन्त्र पार्टीले देशको ७ प्रदेशमा एक-एक वडा अधिवेशन आजबाट शुरु

पत्रपत्रिकाबाट
२६५ पटक

मंसिर-२८,बिहिबार/काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर २८ गते बिहिबारदेखि महाधिवेशन प्रक्रिया शुरु गर्न लागेको छ। आज देशको ७ वटा प्रदेशमा एक–एक वडा अधिवेशन गर्दै तलबाट महाधिवेशन प्रक्रिया शुरु गर्न लागेको सचिवालय सदस्य सन्तोष परियारले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले ‘मंसिर ११, १२, १३ गते महोत्तरीमा बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनसम्बन्धि कार्यविधि र सांगठनिक संरचना पारित गरेको थियो। तदनुरूप नै हामीले देशको ७ वटा प्रदेशमा वडा अधिवेशन गर्न लागेका छौं। देशका प्रदेशका एक–एक वडामा अधिवेशन हुनेछ। त्यसका लागि केही पदाधिकारी र केन्द्रीय प्रतिनिधि खटाएका छौं,’ परियारले भने।

पूर्वाञ्चको कोशी प्रदेशमा केन्द्रीय सदस्य विजय जैरू उनी इटहरी उपमहानगरपालिका वडा नम्बर २० को अधिवेशनमा सहभागी हुने कार्यतालिका रहेको छ ।त्यस्तै, सहमहामन्त्री सुमना श्रेष्ठ मधेस जानेछिन्। उनी जीतपुरसिमरा उपमहानगरपालिकाको वडा अधिवेशनमा सहभागी हुने छ। महामन्त्री मुकुल ढकाल बागमती प्रदेशमा खटिएका छन्। चितवनको भरतपुर महानगरपालिका–११ को वडा अधिवेशनमा उनी सहभागी हुनेछ। 

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार गण्डकी प्रदेशअन्तर्गत् कास्की जिल्ला जाने कार्यक्रम रहेको छ। उनी पोखरा महानगरपालिकाको वडा नम्बर १० को अधिवेशनमा सहभागी हुनेछन्। कोषाध्यक्ष नीला अधिकारी बुटवल उपमहानगरपालिका वडा नम्बर १३ को अधिवेशनमा सहभागी हुनेछिन्। संगठन विभागका सचिव शंकर श्रेष्ठ सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ६ को अधिवेशनमा सहभागी हुनेछन्।

त्यस्तै, सहमहामन्त्री विपिन आचार्य कैलालीको टीकापुर नगरपालिकाको वडा अधिवेशनमा सहभागी हुनेछन्। रास्वपाले यसअघि वडा तहमा तदर्थ समिति बनाएको थियो। अहिले नयाँ प्रक्रियाद्वारा अधिवेशन गर्न लागिएको श्रोतले बताए । रास्वपाले मनोनीतसहित ११ सदस्यीय वडा समिति गठन गर्ने योजना रहेको छ।

रास्वपाले वडा समिति समावेशी चरित्रको हुने समेत जानकारी दिएको छ। गत मंसिर २१ गतेसम्म रास्वपाको सदस्य बनेकाले चुन्ने र चुनिने प्रक्रियामा सहभागी हुन पाउने पनि पार्टीले जानकारी दिएको छ।पहिलो चरणको वडा अधिवेशन खुला मतदानद्वारा हुने पार्टीले बताएको छ। रास्वपाले केन्द्रीय महाधिवेशन मिति भने अझै तोकिसकेको छैन।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...