News Portal

  • बिरामी बोकेको एम्बुलेन्समा चरेस सहित चालक पक्राउ

    पत्रपत्रिका संगालो
    २६३ पटक

    मंसिर २६, मंगलबार/काठमाडौं – बझाङबाट बिरामी लिएर आएको एम्बुलेन्सबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको छ । दुई किलो आठ सय ग्राम चरेससहित एम्बुलेन्स चालकलाई धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बझाङको रायल प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र. ०१००१ झ ०५४२ नम्बरको एम्बुलेन्स बिरामी बोकेर सोमबार धनगढी आएको थियो ।

    एम्बुलेन्सबाट दुई किलो आठ सय ग्राम चरेस बरामद गर्नुका साथै चालक केदारस्युँ गाउँपालिका- ३, बस्ने ३७ वर्षीय रामबहादुर खातीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । 

    एम्बुलेन्समा चरेस ल्याएको सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले चरेससहित चालकलाई पक्राउ गरेको उनले बताए । 

    बिरामीलाई अस्पताल पुर्‍याएपछि धनगढी उपमहानगरपालिका– ४, बाट चरेससहित एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ । बझाङबाट ल्याइएको चरेस कसको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए । 

    सोमबार नै प्रहरीले धनगढी उपमहानगरपालिका– ३, त्रिनगर भन्सार नाकाबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । डोटीको केआइसिंह गाउँपालिका– १ घर भएका २० वर्षीय निश्चल शाही र केआइसिंह– २, घर भएका २१ वर्षीय मनोज रावललाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको साथबाट एक सय ३० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिकामा लेखिएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीन जिल्लाबाट ट्रान्सफर्मर चोरी गर्ने गिरोह नियन्त्रणमा : १२ जना पक्राउ

    विराटनगर, साउन २० – कोशी प्रदेशका तीन जिल्लामा फैलिएको ट्रान्सफर्मर चोरीको गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको...

    सभापति खतिवडाको कडा अडान : ‘छानबिन समितिको प्रतिवेदनमा मेरो नाम छैन, त्यसैले राजीनामाको सवाल नै उठ्दैन’

    काठमाडौं, साउन २० – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदीय छानबिन समितिको...

    कञ्चनपुरकी १७ वर्षीया सम्झना भट्ट मृत फेला — आत्महत्या दुरुत्साहनमा श्रीमान्, सासू र ससुरा पक्राउ

    बेलडाँडी, साउन २० – बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्ट आइतबार राति आफ्नै सुत्ने...

    भारतले बाँधको ढोका खोल्दा महाकालीमा उर्लियो बाढी, नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

    दार्चुला, साउन २० – भारतको उत्तराखण्ड प्रदेश अन्तर्गत पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको...

    विवाहको उमेरदेखि सजाय माफीसम्म : गृहमन्त्री लेखक भन्छन्, “जनचासोअनुसार कानुन परिमार्जन गरिन्छ”

    काठमाडौं, साउन २० – हाल समाजमा चर्को बहसका रूपमा उभिएका कानुनी प्रावधानहरूमा परिमार्जन हुने संकेत...