News Portal

बिरामी बोकेको एम्बुलेन्समा चरेस सहित चालक पक्राउ

पत्रपत्रिका संगालो
३३७ पटक

मंसिर २६, मंगलबार/काठमाडौं – बझाङबाट बिरामी लिएर आएको एम्बुलेन्सबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको छ । दुई किलो आठ सय ग्राम चरेससहित एम्बुलेन्स चालकलाई धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बझाङको रायल प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र. ०१००१ झ ०५४२ नम्बरको एम्बुलेन्स बिरामी बोकेर सोमबार धनगढी आएको थियो ।

एम्बुलेन्सबाट दुई किलो आठ सय ग्राम चरेस बरामद गर्नुका साथै चालक केदारस्युँ गाउँपालिका- ३, बस्ने ३७ वर्षीय रामबहादुर खातीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । 

एम्बुलेन्समा चरेस ल्याएको सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले चरेससहित चालकलाई पक्राउ गरेको उनले बताए । 

बिरामीलाई अस्पताल पुर्‍याएपछि धनगढी उपमहानगरपालिका– ४, बाट चरेससहित एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ । बझाङबाट ल्याइएको चरेस कसको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए । 

सोमबार नै प्रहरीले धनगढी उपमहानगरपालिका– ३, त्रिनगर भन्सार नाकाबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । डोटीको केआइसिंह गाउँपालिका– १ घर भएका २० वर्षीय निश्चल शाही र केआइसिंह– २, घर भएका २१ वर्षीय मनोज रावललाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको साथबाट एक सय ३० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिकामा लेखिएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...