News Portal

  • हङकङमा धाविका सुनमायाको लगातार पाचौँ जित, रचिन् नयाँ कीर्तिमान

    हिमालीसंचार संवाददाता
    ४६५ पटक

    काठमाडौं – नेपाली अल्ट्रा ट्रेल धाविका सुनमाया बुढाले हङकङमा ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पारेकी छन्। त्यस्तै, पुरुषतर्फ नेपालका अर्जुन कुलुङ राईले तेस्रो स्थान हासिल गरेका छन्।

    हङकङको न्यु टेरिटोरीस्थित ताइमेई तु’बाट गत शुक्रबार राति १० बजे सुरु भएको १०० किलोमिटरको प्रतिस्पर्धामा सुनमायाले निर्धारित दुरी १४ घण्टा ४० मिनेटमा पार गरी प्रथम स्थान हासिल गरेकी छन्। त्यस्तै, हङकङकै चेउङ मन यी र एन्जी यानले क्रमशः १४ घण्टा ५९ मिनेट २ सेकेन्ड र १६ घण्टा २५ मिनेट ३१ सेकेन्डमा पूरा गरी दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्। हङकङमा मात्र सुनमायाको यो वर्ष लगातार पाचौँ जित सहितको नयाँ कीर्तिमान हो।

    पुरुषतर्फ नेपालका अर्जुन राई कुलुङले निर्धारित दुरी १४ घण्टा ४७ मिनेट २६ सेकेन्डमा पूरा गरी तेस्रो स्थान हासिल गरेका हुन। फिलिपिन्सका जोन रे ओनिफाले ११ घण्टा ५७ मिनेट १६ सेकेन्डमा पार गरी प्रथम तथा स्विट्जरल्यान्डका गुइल्लौमे पेरोटले १४ घण्टा २ मिनेट ९ सेकेन्डमा पार गरी दोस्रो स्थान हासिल गरेका छन्।

    सुनमाया र अर्जुनले १ नम्बर चेक पोइन्टबाट बाटो बिराएका थिए। रातिको समय अनि दुबिधायुक्त चिन्हका कारण धेरै प्रतियोगीले बाटो बिराएका थिए। यद्यपि, सुनमायाले जितेरै छाडिन्। ‘८ किलोमिटर बाटो बिराएर पनि जित कसरी सम्भव भयो?’ भन्ने प्रश्नमा सुनमायाले भनिन्, ‘यो मेरो पहिलो रात्रिकालीन दौड थियो। दौड सुरु भएपछि करिब १२/१३ किलोमिटर उकालो पार गरेपछि चेक पोइन्ट १ मा पुगिन्थ्यो। त्यसपछि त्यहाँ दुईवटा चिन्ह राखिएको थियो। अब कुन बाटो जाने भन्ने दुविधा पर्‍यो। केही प्रतिस्पर्धी पनि सोही बाटो जाँदै थिए। म पनि उतै लागेँ।’

    सुनमाया थप्छिन्, ‘करिब ४/५ किलोमिटर पार गरेपछि एक चिनियाँ पुरुष प्रतिस्पर्धीले हामी गलत बाटो आएछौँ भने। त्यसपछि चेक पोइन्ट १ मै फर्कियौँ। त्यतिबेलासम्म ८ किलोमिटरभन्दा बढी दुरी मिस भइसकेको थियो तर पनि हिम्मत किन हार्ने भनेर अगाडि बढेँ। अनि, लगातार ७५ किलोमिटर दौडिएर चेक पोइन्ट ७ मा पुगेपछि निकटतम प्रतिस्पर्धीलाई भेट्टाएँ। त्यसपछि त थप जोस चल्यो। त्यहीँबाट उछिनेँ। त्यसपछि पछाडि फर्केर हेर्नै परेन। जितेरै छाडेँ। यसैले पनि यो जित मेरो लागि निकै महत्त्वपूर्ण रह्यो।’

    उता, अर्जुनले पनि ११ किलोमिटरभन्दा बढी मिस गरे। उनका अनुसार व्यवस्थापनको कमजोरीका कारण त्यस्तो भएको हो। बाटो नबिराएको भए निकै राम्रो नतिजा ल्याउने उनी बताउँछन्।

    सन् २०१४ बाट दौडिन सुरु गरेका अर्जुनले नेपालमा हुने अल्ट्रा रन प्रतियोगितामा निकै कीर्तिमान कायम गरेका छन्। तर हङकङमा भने उनको यो पहिलो यात्रा हो। उनीसँग स्पेन र अस्ट्रियामा सम्पन्न विश्व च्याम्पियनको समेत अनुभव छ।

    ‘यति राम्रो सीभी भएर पनि अन्तर्राष्ट्रिय दौडमा कम सहभागिता देखियो नि?’ भन्ने सोधेको प्रश्नमा उनले भने, ‘कमजोर आर्थिक अवस्था र चिनजान कम भएको कारणले पनि म त्यस्ता अवसरबाट वञ्चित रहेँ। नेपालमा महिलालाई भन्दा पुरुषलाई अलि कम अवसर छ। महिलाको लागि मिरा राईले धेरैलाई मौका दिएकी छन्। तर पुरुषको लागि त्यस्तो लिङ्क छैन। त्यसैले निकै गाह्रो छ।’ तर, हङकङका नेपालीबाट प्राप्त आतिथ्य निकै अवस्मरणीय रहेको बताउँदै उनले हङकङ आफ्नै घरजस्तो लागेको बताए।

    सुनमाया र अर्जुन थप अभ्यासका लागि चीन जाँदैछन्। केही हप्ता चीनमा रहने उनीहरूले आगामी जनवरी १७ मा हुने भिवराम हङकङ १०० अल्ट्रा म्याराथनमा भाग लिँदैछन्। यो खबर नेपाल खबरमा मगेन्द्र राईले लेखेका हुन्।  

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...