News Portal

हङकङमा धाविका सुनमायाको लगातार पाचौँ जित, रचिन् नयाँ कीर्तिमान

हिमालीसंचार संवाददाता
५३६ पटक

काठमाडौं – नेपाली अल्ट्रा ट्रेल धाविका सुनमाया बुढाले हङकङमा ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पारेकी छन्। त्यस्तै, पुरुषतर्फ नेपालका अर्जुन कुलुङ राईले तेस्रो स्थान हासिल गरेका छन्।

हङकङको न्यु टेरिटोरीस्थित ताइमेई तु’बाट गत शुक्रबार राति १० बजे सुरु भएको १०० किलोमिटरको प्रतिस्पर्धामा सुनमायाले निर्धारित दुरी १४ घण्टा ४० मिनेटमा पार गरी प्रथम स्थान हासिल गरेकी छन्। त्यस्तै, हङकङकै चेउङ मन यी र एन्जी यानले क्रमशः १४ घण्टा ५९ मिनेट २ सेकेन्ड र १६ घण्टा २५ मिनेट ३१ सेकेन्डमा पूरा गरी दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्। हङकङमा मात्र सुनमायाको यो वर्ष लगातार पाचौँ जित सहितको नयाँ कीर्तिमान हो।

पुरुषतर्फ नेपालका अर्जुन राई कुलुङले निर्धारित दुरी १४ घण्टा ४७ मिनेट २६ सेकेन्डमा पूरा गरी तेस्रो स्थान हासिल गरेका हुन। फिलिपिन्सका जोन रे ओनिफाले ११ घण्टा ५७ मिनेट १६ सेकेन्डमा पार गरी प्रथम तथा स्विट्जरल्यान्डका गुइल्लौमे पेरोटले १४ घण्टा २ मिनेट ९ सेकेन्डमा पार गरी दोस्रो स्थान हासिल गरेका छन्।

सुनमाया र अर्जुनले १ नम्बर चेक पोइन्टबाट बाटो बिराएका थिए। रातिको समय अनि दुबिधायुक्त चिन्हका कारण धेरै प्रतियोगीले बाटो बिराएका थिए। यद्यपि, सुनमायाले जितेरै छाडिन्। ‘८ किलोमिटर बाटो बिराएर पनि जित कसरी सम्भव भयो?’ भन्ने प्रश्नमा सुनमायाले भनिन्, ‘यो मेरो पहिलो रात्रिकालीन दौड थियो। दौड सुरु भएपछि करिब १२/१३ किलोमिटर उकालो पार गरेपछि चेक पोइन्ट १ मा पुगिन्थ्यो। त्यसपछि त्यहाँ दुईवटा चिन्ह राखिएको थियो। अब कुन बाटो जाने भन्ने दुविधा पर्‍यो। केही प्रतिस्पर्धी पनि सोही बाटो जाँदै थिए। म पनि उतै लागेँ।’

सुनमाया थप्छिन्, ‘करिब ४/५ किलोमिटर पार गरेपछि एक चिनियाँ पुरुष प्रतिस्पर्धीले हामी गलत बाटो आएछौँ भने। त्यसपछि चेक पोइन्ट १ मै फर्कियौँ। त्यतिबेलासम्म ८ किलोमिटरभन्दा बढी दुरी मिस भइसकेको थियो तर पनि हिम्मत किन हार्ने भनेर अगाडि बढेँ। अनि, लगातार ७५ किलोमिटर दौडिएर चेक पोइन्ट ७ मा पुगेपछि निकटतम प्रतिस्पर्धीलाई भेट्टाएँ। त्यसपछि त थप जोस चल्यो। त्यहीँबाट उछिनेँ। त्यसपछि पछाडि फर्केर हेर्नै परेन। जितेरै छाडेँ। यसैले पनि यो जित मेरो लागि निकै महत्त्वपूर्ण रह्यो।’

उता, अर्जुनले पनि ११ किलोमिटरभन्दा बढी मिस गरे। उनका अनुसार व्यवस्थापनको कमजोरीका कारण त्यस्तो भएको हो। बाटो नबिराएको भए निकै राम्रो नतिजा ल्याउने उनी बताउँछन्।

सन् २०१४ बाट दौडिन सुरु गरेका अर्जुनले नेपालमा हुने अल्ट्रा रन प्रतियोगितामा निकै कीर्तिमान कायम गरेका छन्। तर हङकङमा भने उनको यो पहिलो यात्रा हो। उनीसँग स्पेन र अस्ट्रियामा सम्पन्न विश्व च्याम्पियनको समेत अनुभव छ।

‘यति राम्रो सीभी भएर पनि अन्तर्राष्ट्रिय दौडमा कम सहभागिता देखियो नि?’ भन्ने सोधेको प्रश्नमा उनले भने, ‘कमजोर आर्थिक अवस्था र चिनजान कम भएको कारणले पनि म त्यस्ता अवसरबाट वञ्चित रहेँ। नेपालमा महिलालाई भन्दा पुरुषलाई अलि कम अवसर छ। महिलाको लागि मिरा राईले धेरैलाई मौका दिएकी छन्। तर पुरुषको लागि त्यस्तो लिङ्क छैन। त्यसैले निकै गाह्रो छ।’ तर, हङकङका नेपालीबाट प्राप्त आतिथ्य निकै अवस्मरणीय रहेको बताउँदै उनले हङकङ आफ्नै घरजस्तो लागेको बताए।

सुनमाया र अर्जुन थप अभ्यासका लागि चीन जाँदैछन्। केही हप्ता चीनमा रहने उनीहरूले आगामी जनवरी १७ मा हुने भिवराम हङकङ १०० अल्ट्रा म्याराथनमा भाग लिँदैछन्। यो खबर नेपाल खबरमा मगेन्द्र राईले लेखेका हुन्।  

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...