News Portal

हिमाल आरोहणका लागि एक हजार ३२९ जनाले अनुमति लिए

हिमालीसंचार संवाददाता
५०५ पटक

काठमाडौं – शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार ३२९ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबार स्वदेशी तथा विदेशी गरी १७२ समूहका एक हजार ६९ जना पुरुष र २६० जना महिलाले हिमाल आरोहणका लागि अनुमति लिएका हुन् ।

विभागका निर्देशक राकेश गुरुङका अनुसार हिमाल आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमादब्लम आरोहणका लागि अनुमति लिनेहरू रहेका छन् । उनका अनुसार, “अमादब्लम आरोहणका लागि ४५ समूहका ४१२ जना पुरुष र ८० जना महिला गरी ४९२ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७६ देशका हिमाल आरोहीले विभिन्न ५२ हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।” 

त्यस्तै, मनासलु हिमाल आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका १३०, फ्रान्सका १२९, जर्मनीका ९६, चीनका ७९, रसियाका ६७, जापानका ५१ र स्विट्जरल्यान्डका ५० जना रहेका छन् । यो सिजनको आरोहण अनुमतिबाट सात करोड ६६ लाख ९३ हजार १२ रुपियाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार यस पटक विभिन्न छ मुलुकका २२ जनाले नेपालका हिमालबाट स्की गर्नका लागि अनुमति लिएका छन् । स्कीका लागि सबैभन्दा अनुमति लिनेमा फ्रान्सका नागरिक रहेका छन् । उनीहरूले हिमाल आरोहणपछि स्की गर्दै आधार शिविर ओर्लिने छन् ।

स्कीका लागि फ्रान्सका १५, फिनल्यान्डका एक, अमेरिकाका दुई, नेपालका तीन र नर्वेका एक जनाले विभागबाट अनुमति लिएका छन् । स्कीको अनुमति लिएकामध्ये फ्रान्सका तीन जना र एक फिनल्यान्डका एक जना महिला छन् । 

विभागले हिमलुङ, धवलागिरि, मनासलु, रत्नचुली, पुथा हिउँचुली, एभरेस्टलगायतका हिमालमा स्की अनुमति दिँदै आएको छ । विभागले तोकिएको हिमाल क्षेत्रमा स्की खेल्न फोहोरमैला व्यवस्थापनका लागि पाँच सय डलर र स्कीका लागि १० जनासम्मको एक समूहले हजार डलर रोयल्टी बुझाउनु पर्छ । आजको गोरखापत्र दैनिकले समाचार लेखेको छ। 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...