News Portal

  • विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राऊ परेपछि दुबईका सुन ब्यापारीको रुवाबासी

    हिमालीसंचार संवाददाता
    ६७४ पटक

    काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ। सुन ल्याइँदै गरेको विशेष सूचनाका आधारमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट खटिएको टोलीले बिहीबार राती १४ किलो सुन बरामद गरेको हो।

    पक्राउ पर्नेमा दुबईबाट नेपाल आएका गोरखाका चन्द्र घले र मिन बहादुर घले रहेका छन्। चन्द्र दुबईबाट सुन लिएर आएका व्यक्ति हुन् भने मीन बहादुरचाहिँ नेपालमै सुन खरिद बिक्रीमा संलग्न व्यक्ति भएको बताइएको छ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले बिहीबार राती ११ः४० बजे फ्लाई दुबईको उडानबाट काठमाडौं आएका घलेले ज्याकेट र जुत्तामा लुकाई ल्याएको सुन बरामद भएको जानकारी दिए। यसबारे अनुसन्धान जारी रहेको उनको भनाइ छ।

    दुबई, हंकङ्ग लगाएतका देशबाट एयरपोर्टका विभिन्न निकायका हाकिमहरुको सेटिंगमा दैनिक सुन आउने गरेको तर कहिले काही लिनादिना र सेटिंग बिग्रदा यसरी सुन समाईने एयरपोर्टमा नै कार्यरत एक कर्मचारीले बताए।

    यिनको भनाईमा धेरै सत्यता छ किनकी सरकारले प्रत्यक दिन देशै भरका २० हजार भन्दा बढी सुन पसललाई २० केजी मात्रै सुन दिने गर्दछ। जुन सुन पनि सुनचादी ब्याबसायी महासंघ लगाएतका संघ सँस्थाले बिभिन्न नामका मात्रै सुन पसलको नाममा ३०% भन्दा बढी सुन लीई भारत पठाउने या यही बढी मुल्यमा बेच्ने गर्दछन। बाकी रहेको करिब १४ केजी सुन २० हजार पसललाई भाग लगाउदा कहिले पालो आउने र कहिले बेच्ने न्युरोडका एक सुन पसलेले बताए।

    अबैध आएका सुन खरिद गर्न मिल्दैन थाहा छ तर त्यो खरिद नगरे पसल बन्द गरेर बस्दा पनि हुन्छ। सरकारले नै ब्याबसायीलाई आवस्यक सुन नदिएर कालाबजारी गरेको उनले दाबि गरे।

    सुनको तस्करी कती हुन्छ भन्ने युएईको बरदुबईमा रहेको नेपालीहरुको एक दर्जन सुन पसल, कतार, हङ्गकङ्ग र मलेसिया लगाएतका देशमा रहेका नेपालीहरु सम्मिलीत सुन पसलमा गएर हेर्दा नेपालीहरुले खरिद गरेको सुन हेर्दा प्रस्ट हुन्छ।

    हाल पक्राऊ परेको सुन मालिकको खोजिमा प्रहरी रहेको छ। उक्त सुनको मालिक दुबईका केही सुन पसल र नेपालको सुन पसल रहेको प्रहरी स्रोतले प्रारम्भिक दावी गर्यो। तर अनुसन्धान जारी रहेको बताईएको छ। यता दुबईका सुन ब्यापारीहरुको भने रुवाबासी भएको जनसवाल युएई समाचारदाताले जनाएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ४ गतेको राशिफल

    आज असोज ४, २०८२ (सेप्टेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युक्रेनमा फँसेका दुई नेपाली नागरिक उद्धार

    काठमाडौं, असोज ३ – वैदेशिक रोजगारीको क्रममा भारत हुँदै युक्रेन पुगेका दुई नेपाली नागरिक सुरक्षित...

    राष्ट्रपति पौडेलः प्रतिनिधिसभा विघटन अपरिहार्य निर्णय

    काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएको कारण...

    महेश बस्नेतले गरे सुधन गुरुङ एमालेमा आउन सक्ने दाबी

    काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको...

    देउवाको स्वास्थ्यमा सुधार, टाउकोमा १२ टाँका

    काठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारको...