News Portal

विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राऊ परेपछि दुबईका सुन ब्यापारीको रुवाबासी

हिमालीसंचार संवाददाता
७५९ पटक

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ। सुन ल्याइँदै गरेको विशेष सूचनाका आधारमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट खटिएको टोलीले बिहीबार राती १४ किलो सुन बरामद गरेको हो।

पक्राउ पर्नेमा दुबईबाट नेपाल आएका गोरखाका चन्द्र घले र मिन बहादुर घले रहेका छन्। चन्द्र दुबईबाट सुन लिएर आएका व्यक्ति हुन् भने मीन बहादुरचाहिँ नेपालमै सुन खरिद बिक्रीमा संलग्न व्यक्ति भएको बताइएको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले बिहीबार राती ११ः४० बजे फ्लाई दुबईको उडानबाट काठमाडौं आएका घलेले ज्याकेट र जुत्तामा लुकाई ल्याएको सुन बरामद भएको जानकारी दिए। यसबारे अनुसन्धान जारी रहेको उनको भनाइ छ।

दुबई, हंकङ्ग लगाएतका देशबाट एयरपोर्टका विभिन्न निकायका हाकिमहरुको सेटिंगमा दैनिक सुन आउने गरेको तर कहिले काही लिनादिना र सेटिंग बिग्रदा यसरी सुन समाईने एयरपोर्टमा नै कार्यरत एक कर्मचारीले बताए।

यिनको भनाईमा धेरै सत्यता छ किनकी सरकारले प्रत्यक दिन देशै भरका २० हजार भन्दा बढी सुन पसललाई २० केजी मात्रै सुन दिने गर्दछ। जुन सुन पनि सुनचादी ब्याबसायी महासंघ लगाएतका संघ सँस्थाले बिभिन्न नामका मात्रै सुन पसलको नाममा ३०% भन्दा बढी सुन लीई भारत पठाउने या यही बढी मुल्यमा बेच्ने गर्दछन। बाकी रहेको करिब १४ केजी सुन २० हजार पसललाई भाग लगाउदा कहिले पालो आउने र कहिले बेच्ने न्युरोडका एक सुन पसलेले बताए।

अबैध आएका सुन खरिद गर्न मिल्दैन थाहा छ तर त्यो खरिद नगरे पसल बन्द गरेर बस्दा पनि हुन्छ। सरकारले नै ब्याबसायीलाई आवस्यक सुन नदिएर कालाबजारी गरेको उनले दाबि गरे।

सुनको तस्करी कती हुन्छ भन्ने युएईको बरदुबईमा रहेको नेपालीहरुको एक दर्जन सुन पसल, कतार, हङ्गकङ्ग र मलेसिया लगाएतका देशमा रहेका नेपालीहरु सम्मिलीत सुन पसलमा गएर हेर्दा नेपालीहरुले खरिद गरेको सुन हेर्दा प्रस्ट हुन्छ।

हाल पक्राऊ परेको सुन मालिकको खोजिमा प्रहरी रहेको छ। उक्त सुनको मालिक दुबईका केही सुन पसल र नेपालको सुन पसल रहेको प्रहरी स्रोतले प्रारम्भिक दावी गर्यो। तर अनुसन्धान जारी रहेको बताईएको छ। यता दुबईका सुन ब्यापारीहरुको भने रुवाबासी भएको जनसवाल युएई समाचारदाताले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...