News Portal

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा कान्तिपुरकर्मीमाथि हातपात, बुम माइक फुटाइयो

हिमालीसंचार संवाददाता
३४५ पटक

काठमाडौं। नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी सन्दीप रायमाझीले कान्तिपुर टेलिभिजनका पत्रकारमाथि हातपात गरेका छन्। काठमाडौं जिल्ला अदालत परिसरमा दृश्य खिचिरहेका कान्तिपुर टेलिभिजनका पत्रकार सञ्जय लुइँटेलमाथि सन्दीपले हातपात गरेका हुन्।

उच्च अदालत पाटनबाट ३० लाख धरौटीमा रिहाइको आदेश पाएका सन्दीपलाई प्रहरीले आज (मंगलबार) दिउँसो जिल्ला अदालत लगेको थियो।

अदालतबाट फर्काएर प्रहरीको गाडीमा चढाउने क्रममा सन्दीपले दृश्य छायांकन गरिरहेका लुइँटेल र उनको क्यामेरामाथि मुक्का प्रहार गरेका हुन्। सन्दीपको प्रहारबाट क्यामेराको बुम माइक फुटेको छ। लुइँटेलको गालामा चोट लागेको छ।

सन्दीप नक्कली भुटानी शरणार्थी मुद्दामा पुर्पक्षका लागि थुनामै रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन्। उच्च अदालतको आदेशअनुसार सन्दीपले आज धरौटीस्वरुप ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन्।

उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत रायमाझीमाथि अनुसन्धान गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...