News Portal

  • टाँडी प्रहरीले समात्यो २४ वटा चोरीको मोटरसाईकल

    हिमाली संचार संवाददाता
    ५४५ पटक

    चितवन – प्रहरीले २४ वटा चोरीका मोटरसाईकल नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले बुधबार पत्रकार सम्मेलन गरेर चोरी भएका २४ मोटरसाईकल सार्वजनिक गरेको हो ।

    पछिल्लो तीन महिनायता सुरक्षा चेकजाँचमा कडाई गरेसँगै ठूलो संख्यामा चोरीका मोटरसाईकल नियन्त्रणमा लिन सफल भएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख (डिएसपी) दयानिधी ज्ञवालीले बताए ।

    चितवनमा मोटरसाईकल चोरीको समस्या दैनिक बढ्न थालेपछि प्रहरीले पछिल्लो तीन महिनायता चेकजाँचमा कडाई गर्दै आएको छ ।

    ‘विशेष चेकजाँच र सूचनाका आधारमा हामी ठूलो परिणाममा चोरीका मोटरसाईकल नियन्त्रणमा लिन सफल भएका छौं,’ डिएसपी ज्ञवालीले भने, ‘चोरीको घट्ना बढेको जनगुनासोको आधारमा हामीले विशेष अपरेशन शुरु गरेका थियौं ।’

    नम्बर प्लेट परिवर्तन गरेर चलाईएका मोटरसाईकल चालकहरु प्रहरी चेकजाँचका क्रममा घरमा बिलबुक छुटेको भन्दै मोटरसाईकल छाडेर जाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । धेरै दिन मोटरसाईकल धनी नआएसँगै टाँडी प्रहरीले यातायात व्यवस्था कार्यालयसँग भएको रेकर्ड हेर्दा उक्त मोटरसाईकलहरु नक्कली रहेको खुल्न आएको थियो ।

    ‘चेकजाँच गर्दा बिलबुक देखाउन नसकेपछि चालकहरु घरमा छुटेको छ भन्दै मोटरसाईकल छाडेर जान्छन्, अनि त्यसपछि उनीहरु सम्पर्कमा आउँदैनन्’ प्रहरी नायब उपरिक्षक ज्ञवालीले भने, ‘पक्राउ परेका मोटरसाईकलहरु चेसिस नम्बर र इन्जिन नम्बरसहित बिलबुक लिएर आएमा सम्बन्धित धनिलाई फिर्ता गर्छौं ।’

    ईलाका प्रहरी कार्यालय टाँडीले आफ्नो क्षेत्रमा पर्ने कालिका नगरपालिकाको पदमपुर, जुटपानी, शक्तिखोर र राजगमार्गका विभिन्न स्थानमा चेकजाँच गरेर चोरीका मोटरसाईकल बरामद गरेको हो । प्रहरीले नियन्त्रणमा लिएका मध्ये अधिकांश पल्सर ब्राण्डका मोटरसाईकलहरु रहेका छन् ।

    ईलाका प्रहरी कार्यालय टाँडीको प्रमुखको रुपमा डिएसपी ज्ञवालीको आगमनसँगै प्रहरीले १७ किलो चरेस बरामद गरेको छ ।

    तीन महिनायता टाँडी प्रहरीले बालयौन दुराचार, बालबिवाह, लागुऔषध, नदिजन्य पदार्थ उत्खनन तथा ओसापसारका घट्नमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन सफल भएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...