News Portal

  • टाँडी प्रहरीले समात्यो २४ वटा चोरीको मोटरसाईकल

    हिमाली संचार संवाददाता
    ५०४ पटक

    चितवन – प्रहरीले २४ वटा चोरीका मोटरसाईकल नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले बुधबार पत्रकार सम्मेलन गरेर चोरी भएका २४ मोटरसाईकल सार्वजनिक गरेको हो ।

    पछिल्लो तीन महिनायता सुरक्षा चेकजाँचमा कडाई गरेसँगै ठूलो संख्यामा चोरीका मोटरसाईकल नियन्त्रणमा लिन सफल भएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख (डिएसपी) दयानिधी ज्ञवालीले बताए ।

    चितवनमा मोटरसाईकल चोरीको समस्या दैनिक बढ्न थालेपछि प्रहरीले पछिल्लो तीन महिनायता चेकजाँचमा कडाई गर्दै आएको छ ।

    ‘विशेष चेकजाँच र सूचनाका आधारमा हामी ठूलो परिणाममा चोरीका मोटरसाईकल नियन्त्रणमा लिन सफल भएका छौं,’ डिएसपी ज्ञवालीले भने, ‘चोरीको घट्ना बढेको जनगुनासोको आधारमा हामीले विशेष अपरेशन शुरु गरेका थियौं ।’

    नम्बर प्लेट परिवर्तन गरेर चलाईएका मोटरसाईकल चालकहरु प्रहरी चेकजाँचका क्रममा घरमा बिलबुक छुटेको भन्दै मोटरसाईकल छाडेर जाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । धेरै दिन मोटरसाईकल धनी नआएसँगै टाँडी प्रहरीले यातायात व्यवस्था कार्यालयसँग भएको रेकर्ड हेर्दा उक्त मोटरसाईकलहरु नक्कली रहेको खुल्न आएको थियो ।

    ‘चेकजाँच गर्दा बिलबुक देखाउन नसकेपछि चालकहरु घरमा छुटेको छ भन्दै मोटरसाईकल छाडेर जान्छन्, अनि त्यसपछि उनीहरु सम्पर्कमा आउँदैनन्’ प्रहरी नायब उपरिक्षक ज्ञवालीले भने, ‘पक्राउ परेका मोटरसाईकलहरु चेसिस नम्बर र इन्जिन नम्बरसहित बिलबुक लिएर आएमा सम्बन्धित धनिलाई फिर्ता गर्छौं ।’

    ईलाका प्रहरी कार्यालय टाँडीले आफ्नो क्षेत्रमा पर्ने कालिका नगरपालिकाको पदमपुर, जुटपानी, शक्तिखोर र राजगमार्गका विभिन्न स्थानमा चेकजाँच गरेर चोरीका मोटरसाईकल बरामद गरेको हो । प्रहरीले नियन्त्रणमा लिएका मध्ये अधिकांश पल्सर ब्राण्डका मोटरसाईकलहरु रहेका छन् ।

    ईलाका प्रहरी कार्यालय टाँडीको प्रमुखको रुपमा डिएसपी ज्ञवालीको आगमनसँगै प्रहरीले १७ किलो चरेस बरामद गरेको छ ।

    तीन महिनायता टाँडी प्रहरीले बालयौन दुराचार, बालबिवाह, लागुऔषध, नदिजन्य पदार्थ उत्खनन तथा ओसापसारका घट्नमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन सफल भएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २७ गतेको राशिफल

    आज साउन २७, २०८२ (अगस्त १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मदन भण्डारी फाउन्डेसनको भविष्यबारे प्रधानमन्त्री ओलीको अन्योल

    काठमाडौं, साउन २६ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी...

    भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

    काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको...

    रवि लामिछानेको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी, गैरकानुनी दर्ता गरेको आरोप

    काठमाडौं, साउन २६ — रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीमा दिएको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी...

    रवि लामिछानेको कारागार कोठामा एसी र खुला झ्याल छैन: मानव अधिकार आयोगको तथ्याङ्क

    रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रुपन्देही कारागारमा गएर अनुगमन गरेको छ ।...