News Portal

रुसी सेनामा भर्ती भएका तीन नेपालीको मृत्यु

हिमालीसंचार संवाददाता
४०६ पटक

काठमाडौं। रुसमा गएर रुसी सेनामा भर्ती भएका तीन जना नेपालीहरुको मृत्यु भएको छ।

रुसी सेनामा कार्यरत रहेकै अवस्थामा दोलखाको मेलुङ गाउँपालिका– ६ स्थित सुनारपानीका राज कुमार रोका, स्याङजाको पुतली बजार नगरपालिका–५ स्थित तुलास्वाराका पितम कार्की र इलामको इलाम नगरपालिका–५ का गंगाराज मोक्तानको मृत्यु भएको हो।

उनीहरुको गत कार्तिक २९ गते तिहारको भाइटिकाको दिन मृत्यु भएपनि परिवारजनले हिजो मात्रै खबर पाएका छन्। उनीहरुको मृत्युको खबर रुसी सेनाको अधिकारीबाट टेलिग्राममार्फत प्राप्त भएको मस्कोस्थित नेपाली राजदुताबासले जनाएको छ।

दुताबासले जानकारी पाएपछि नेपाली कन्सुलरलाई उनीहरुको मृत्युको बारेमा पत्राचार गरेको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...