News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • साउदी पुगेका नेपाली श्रमिकको हारगुहार, नाम मात्रको दूतावास !

    योगेन्द्र योगी
    १८६ पटक

    रियाद। रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन्। करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम र तलब नपाएको भन्दै आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेका छन्।

    राम्रो रोजगारको प्रलोभन देखाएर नेपालबाट त्यहाँ पु-याइएका उनीहरू सम्झौताअनुसारको काम नपाएपछि उद्धारका लागि हारगुहार गरिरहेका छन्। पशुपति एचआर सोलुसन प्रालिमार्फत् साउदीको सुमित डाइरेक्सन फर इन्डस्ट्रिज कम्पनीमा पुगेको तर, त्यहाँ त्यो कम्पनी नै नभेटिएपछि आफूहरूलाई अर्कै कम्पनीमा सप्लाइका रूपमा काममा लगाएको भए पनि समयमा तलब नपाएको उनीहरूको गुनासो छ।

    त्यहाँ कार्यरत हरि गिरीका अनुसार अझै पनि सो कम्पनीले नेपालबाट कामदार लगिरहेका छन् र केहीलाई राम्रो काम दिएका पनि छन्। ‘तर, हामीलाई भने बेवास्ताा गरिएको छ, घर जान्छु भन्दा कम्पनीले १० हजार साउदी रियाल तिरे मात्र फर्कन दिने भन्ने गरेको छ,’ उनले भने।

    ‘हामी यहाँ आएको करिब चार महिना भयो, दुई महिनाको तलब पाउनै बाँकी छ, हामी १०–१५ जना जति छौं यो फ्याक्ट्रीमा काम गर्ने,’ उनले राजधानीसँग भने, ‘हामीले आफ्नै पैसाले टिकट काटेर भए पनि नेपाल फर्किने भनेका छौं, तर कम्पनीले १० हजार रियाल माग्छ, त्यत्रो पैसा कहाँबाट ल्याएर दिनु ? रियादस्थित नेपाली दूतावासमा पनि पटकपटक सम्पर्क गरियो, समस्याको सुनवाइ भएन, अब हामीले के गर्ने ? उद्धारमा आवश्यक सहयोग गरिदिनु प¥यो, कुनै राम्रो रोजगारदाता कम्पनी भेटिए पनि जाने थियौं।’

    पीडितले मेनपावरलाई आफूहरूलाई सम्झौताअनुसारको काम र तलब दिलाउन नसक्ने भए नेपाल फर्काउन आग्रह गर्दा कुनै वास्ता नगरेको बताएका छन्। आफूहरू एक महिनादेखि कामविहीन भएर बस्दा पनि मेनपावरले कुनै सुनवाइ नगरेको उनीहरूले बताएका छन्। मेनपावरले बेवास्ता गरेपछि उनीहरूका आफन्तमार्फत् वैदेशिक रोजगार विभागमा उद्धारका लागि निवेदन दिएको तर सुनवाइ नभएको उनीहरूले बताए।

    उनीहरूका अनुसार पशुपति एचआर सोलुसनलाई प्रतिव्यक्ति १ लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म बुझाएर उनीहरू त्यहाँ गएका थिए। सुमित डाइरेक्सन फर इन्डस्ट्रिज कम्पनीमा लोड अनलोड कामका लागि त्यहाँ पुगेका उनीहरूलाई सम्झौतापत्रमा उल्लेख गरिएनुसारको कम्पनी नभेटेपछि अहिले गल्फ भिजन कम्पनीमा राखिएको छ।

    उनीहरूलाई मेनपावरले प्रतिदिन आठ घण्टा काम, प्रतिसाता एक दिनको बिदा र खाने बस्ने सुविधासहित मासिक १ हजार साउदी रियाल पाउने तथा साउदी जाँदा र फर्किँदा हवाई टिकट कम्पनीले बेहोर्ने सम्झौतापत्रमा उल्लेख छ। तर, पनि १० हजार साउदी रियालको रसिद थमाएर मोटो रकम लिएर उनीहरूलाई त्यहाँ पठाइएको हो।

    एजेन्टले राम्रो काम भन्दै लोड अनलोड पठाएको, तर यहाँ आएपछि करारपत्रमा उल्लेख गरिएनुसारको कम्पनी नभई सप्लाई कम्पनी भएको उनीहरूले बताएका छन्। आफूहरू भनेअनुसारको कम्पनी तथा काम नभए बस्न नसक्ने भन्दै उनीहरूले घर फर्कने वातावरण मिलाइदिन, म्यानपावर तथा एजेन्टसँग पैसा फिर्ता गरी आफूहरूलाई न्याय दिलाइदिन विभिन्न संघसंस्था र अभियन्तालाई पटक–पटक अनुरोध गरेको भए पनि कतैबाट समस्या समाधान नभएको उनीहरूको भनाइ छ।

    नाम मात्रको दूतावास !

    पीडितले रियादस्थित नेपाली दूतावासलाई पनि पटकपटक आफूहरू समस्यामा परेको भन्दै दूतावासले उपलब्ध गराएको नम्बरमा म्यासेज गर्दै उद्धारको अपिल गर्दा पनि कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ।

    समस्यामा परेका नेपालीलाई सहयोग गर्न खोलिएको दूतावास आफूहरू समस्यामा पर्दा पनि मुकदर्शक भएको उनीहरूले आरोप छ। यस विषयमा पशुपति एचआर सोलुसन प्रालिका प्रतिनिधिसँग बुझ्दा खासै समस्या नभएको मात्र बताउने गरेका छन्। आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेपछि साउदीस्थित नेपाली दूतावासले बुझेर मात्र साउदी आउन अनुरोध गरेको छ।

    दूतावासले पछिल्ला दिनमा साउदीमा रोजगारीमा आएका उल्लेख्य संख्याका नेपालीले आफूले म्यानपावर र एजेन्टले भनेअनुसारको काम र तलब नपाएको, थुप्रै पैसा तिरेर आएको तर आउनासाथ आफूले दुःख पाएको भन्ने गुनासा आइरहेको जनाउँदै बुझेर मात्र आउन बेला–बेलामा सचेत गराउँदै आएको छ।

    प्रतिकृया दिनुहोस्

    अपाङ्गता भएका व्यक्तिहरूका लागि एकदिने तालिम सम्पन्न

    मोरङ, जेठ २७ – रंगेली नगरपालिकामा एकदिने सरोकारवाला निकायहरूसँग अपाङ्गता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको...

    आजको राशिफल

    आज जेठ २७, २०८२ (जुन १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

    काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन...

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक...

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...