News Portal

हमासले बन्धक बनाएका २४ मुक्त हुँदा विपिन रिहा भएनन् किन ?

हिमालीसंचार संवाददाता
३६५ पटक

काठमाडौँ। हमासले बन्धक बनाएको २४ जनालाई रिहा गरेको अन्तर्राष्ट्रिय रेडक्रसलाई उद्धृत गर्दै सिबिसी न्युजले जनाएको छ। पहिला १२ थाई नागरिकसहित २५ जना रिहा भएको बताइएको थियो।

अन्तर्राष्ट्रिय रेडक्रसको रोहवरमा हमासले मुक्त गरेकाहरूको सङ्ख्या २४ रहेको पुष्टि भएको छ। २४ जनामध्ये अधिकांश महिला र बालबालिकाहरू रहेको बताइएको छ। इजिप्ट पुगेकाहरूमा १३ जना इजरायली नागरिक, १० जना थाई नागरिक र एक फिलिपिनी नागरिक रहेको बताइएको छ।

नेपाली नागरिक विपिन जोशीसमेत हमासको नियन्त्रणमा छन्। अस्थायी युद्धविरामको सर्त अनुसार बन्धन मुक्त हुने पहिलो चरणमा नेपाली विद्यार्थी जोशी परेनन्। उनी कृषि अध्ययनपछि अभ्यासका लागि इजरायल पुगेका थिए।

हमासले इजरायलमा आक्रमण गर्दा जोशीलाई समेत बन्धक बनाएको थियो। परराष्ट्र मन्त्रालयले पहिलो चरणमै जोशीलाई हमासको बन्धनबाट मुक्त गर्न पहल गर्ने बताएको थियो। तर उनीहरू सफल भएनन्।

हमासले अकस्मात आक्रमण गर्दा इजरायलमा पढ्न गएका १० जना नेपालीको मृत्यु भएको थियो भने, ६ जना घाइते भएका थिए।

कैलाली घोडाघोडी-४ का नारायण प्रसाद न्यौपाने, बझाङ जयपृथ्वी-६ का गणेश कुमार नेपाली, कैलाली बाउनिया-३ का आशिष चौधरी, दार्चुला लेकम-५ का दिपेश राज विष्ट, धनुषा सपही-६ का आनन्द शाह, सुनसरी मधुवनका राजेश कुमार सर्वांकर, डाेटी पचनाली-३ का राजन फुलरा, लामिखाल-८ का पदम थापा, सल्यान शारदा-३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी हमासको आक्रमणमा मारिएका थिए।

घाइते भएका र नेपाल फर्कन चाहने नेपालीलाई सरकारले नेपाल फर्काएको थियो। बन्धन मुक्त भएकाहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसले आफ्नो सवारीसाधनमा राखेर इजिप्ट पुर्याएको थियो।

अहिले उनीहरूलाई स्वास्थ्य परीक्षण गरेर इजरायललाई बुझाइने बताइएको छ। उता इजरायललेसमेत आफ्नो हिरासतमा रहेको ३९ जना प्यालेस्टिनी बन्धकहरूलाई रिहा गरेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...