News Portal

इजरायली पानीजहाजमा ड्रोन हमला, चालक दलका सबै सकुशल

हिमालीसंचार संवाददाता
२५३ पटक

एजेन्सी। इजरायली स्वामित्वको जहाजलाई संदिग्ध ड्रोन आक्रमणमा निशाना बनाइएको छ। अमेरिकी अधिकारीका अनुसार एक संदिग्ध ड्रोन आक्रमणले हिन्द महासागरमा इजरायली अर्बपतिको स्वामित्वमा रहेको कन्टेनर जहाजलाई हमला गरेको हो।

गुप्तचर मामिलाहरूमा छलफल गर्न नाम नछाप्ने सर्तमा एसोसिएटेड प्रेससँग कुरा गर्ने रक्षा अधिकारीले भने, ‘माल्टा–झण्डा भएको जहाजलाई त्रिकोण आकारको, बम बोक्ने शाहेद–१३६ ड्रोनले लक्षित गरेको हो।

‘अन्तर्राष्ट्रिय जल क्षेत्रमा ड्रोन विस्फोट भयो, जहाजलाई क्षति पुर्‍यायो तर यसको चालक दललाई कुनै चोटपटक लागेन,’ ती रक्षा अधिकारीले भने।

‘हामी स्थितिलाई नजिकबाट अनुगमन गर्न जारी राख्छौं,’ अधिकारीले भने। अमेरिकी सेनाले आक्रमणको पछाडि इरानको हात रहेको विश्वास किन गर्‍यो भनेर ती अधिकारीले बताउन अस्वीकार गरे।

अल मायादीन एक प्यान अरब उपग्रह च्यानल, जुन राजनीतिक रूपमा इरान समर्थित लेबनानी समूह हिजबुल्लाहसँग सम्बद्ध छ, उसको रिपोर्ट अनुसार इजरायली जहाजलाई हिन्द महासागरमा लक्षित गरिएको थियो।

सो च्यानलले रिपोर्टको लागि अज्ञात स्रोतहरू उद्धृत गर्दै समाचार प्रसारण गरेका थिए, पछि इरानी मिडियाले पनि समाचार बनाएका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...