News Portal

लैंगिक हिंसाविरुद्ध सोह्रदिने अभियान, एक्काइस हजार घटना सार्वजनिक

हिमालीसंचार संवाददाता
२८२ पटक

काठमाडौ – यो एक वर्ष भित्रमा देशभर लैङ्गिक हिंसाका २० हजार ८८० घटना दर्ता भएका छन् । यी त प्रहरीमा आएका घटना मात्र हुन् । प्रहरीसमक्ष नआउने घटना अझै धेरै रहेका छन् ।

गत आर्थिक वर्ष २०७९/८० सालमा सो सङ्ख्यामा लैङ्गिक हिंसासम्बन्धी उजुरी परेको र मुद्दा दर्ता भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार समग्र लैङ्गिक हिंसा अपराधमा घरेलु हिंसाको हिस्सा ८० प्रतिशत रहेको छ । 

नेपाल प्रहरीका अनुसार सो अवधिमा घरेलु हिंसाका १६ हजार ५१९, जबरजस्ती करणीका दुई हजार ३८७, जबरजस्ती करणी उद्योगका ५१८, अपहरण तथा जबरजस्ती करणीका ५९, जबरजस्ती करणी गरी कर्तव्य ज्यानका पाँच, मानव बेचबिखन तथा जबरजस्ती करणीका १० वटा घटना भएका छन् ।

त्यस्तै, बालयौन दुव्र्यवहारका ३४३, अप्राकृतिक मैथुनका ३५, बहुविवाहका ७२३, बालविवाहका ५२, बोक्सी आरोपका ४३, मानव बेचबिखनका १२४, अवैध गर्भपतनका ३२, तेजाब प्रहारका तीन र जातीय छुवाछुतका २७ वटा घटना प्रहरीसमक्ष आएर प्रहरीले मुद्दा दर्ता गरेको छ । 

लैङ्गिक हिंसाविरुद्वको १६ दिने अभियान सुरु हुने अवसरमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयद्वारा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित ‘लैङ्गिक हिंसाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषय गोष्ठीमा सो जानकारी गराइएको हो । 

संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर सञ्चालन गरिँदै छ । सोही अनुसार नेपालमा ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित यस वर्ष मङ्सिर ९ गतेदेखि २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउदैं छ । 

निर्देशनालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले प्रहरीमा पर्ने कुल उजुरीको ३१ प्रतिशत लैंगिक हिंसासम्बन्धी रहेको जानकारी दिए। प्रहरीका अनुसार घरेलु हिंसाका घटना मधेश प्रदेशमा सबभन्दा बढी र कर्णाली प्रदेशमा सबभन्दा कम दर्ता भएको प्रहरीले जनाएको छ। त्यस्तै, मानव बेचबिखनको घटना लुम्बिनी प्रदेशमा सबैभन्दा बढी र कर्णाली तथा गण्डकी प्रदेशमा सबैभन्दा कम दर्ता भएका छन् । समग्र मानव बेचबिखनको घटनाबाट ५२.२ प्रतिशत महिला र ३६.५ प्रतिशत बालिका पीडित रहेका छन् ।

त्यस्तै, यौनजन्य हिंसाका घटना सबैभन्दा बढी कोशी प्रदेशमा र जिल्लागत रूपमा काठमाडौँ र मोरङमा बढी दर्ता भएका छन् । यौनजन्य हिंसाका घटनामा ८८.२ प्रतिशत संलग्न अभियुक्त चिनजानका र ६३.८ प्रतिशत पीडित बालिका रहेका छन् । त्यस्तै, लैङ्गिक हिंसाका घटना असार, साउन र भदौमा बढी तथा असोज, कात्तिक र मङ्सिरमा कम दर्ता भएका छन् भने अधिकांश लैङ्गिक हिंसाका घटना तुलनात्मक रूपमा कम शैक्षिक योग्यता भएका वर्ग बढी पीडित र पीडक भएको देखिएको प्रहरीले जनाएको छ ।

गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लैङ्गिक हिंसाजन्य कसुर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडित तथा हिंसा प्रभावितको सेवामा कटिबद्ध रहनुपर्ने बताए। 

महानिरीक्षक कुँवरले ‘प्रहरी कर्मचारी संलग्न लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता र यसको प्रभावकारी कारबाहीसम्बन्धी कार्य आदेश, २०८०’ मा हस्ताक्षर गरी शुभारम्भ समेत गरे। यो समाचार आजको गोरखापत्रमा लेखिएको छ। 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...