News Portal

अष्ट्रेलियालाई विश्वकप क्रिकेटको उपाधि

हिमालीसंचार संवाददाता
३३७ पटक

काठमाडौँ। विश्वकप क्रिकेट–२०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको फाइनल खेलमा जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।

अष्ट्रेलियालाई जिताउन ओपनर ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय ३७ रनको सानदार शतकीय इनिङ खेले। मार्नस लाबुसेन ११० बलमा ४ चौकासहित ५८ रनमा अविजित रहे।

भारतका लागि केएल राहुलले ६६, विराट कोहलीले ५४ र रोहित शर्माले ४७ रनको योगदान दिए। अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए भने प्याट कमिन्स र जोस हेजलउडले २–२ विकेट लिए।

अष्ट्रेलियाका बलर स्टार्क र कमिन्सले लगातार दबाब दिए। भारतीय मध्यक्रमले महत्वपूर्ण साझेदारी निर्माण गर्न संघर्ष गरे। अन्तिम बलमा कुलदीप यादवको रनआउटले अस्ट्रेलियाको नियन्त्रण थप्यो।

भारतलाई १०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएर दबाबमा परेको विराट कोहली र केएल राहुलले सम्मानजनक स्थितिसम्म पुर्‍याएका थिए। उनीहरुले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे। जुन भारतका लागि भएको सबैभन्दा ठूलो साझेदारी रह्यो।

भारतले १० ओभरपछि बाउन्ड्री प्रहार गर्न सकेको थिएन। ९७ बलपछि बाउन्ड्री प्रहार गर्ने क्रममा भारतका केएल राहुलले २६‍.२ ओभरमा चौका प्रहार गरेका थिए।

कोहली ५४ र राहुल ६६ रनमा आउट भए। यसअघि भारतका ओपनरद्वय शुभमन गिल ४ तथा रोहित शर्मा ४७ रनमा आउट भए। यस्तै, श्रेयश ऐयर पनि ४ रन बनाउँदै आउट भए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...