News Portal

मालीमा तैनाथ शान्ति सेना स्वदेश फिर्ता

हिमालीसंचार संवाददाता
२५३ पटक

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ नेपाली शान्ति सेनाको नवौँ डफ्फा स्वदेश फर्केको छ।

डफ्फामा ८१ जना नेपाली शान्ति सैनिक रहेको नेपाली सेना सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

प्रमुख सेनानी चित्रकुमार कार्कीको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्रसङ्घको चार्टर्ड विमानद्वारा आज ८१ जनाको डफ्फा स्वदेश फिर्ता भएको हो।

मालीमा तैनाथ शान्ति मिसन बन्द गर्ने संयुक्त राष्ट्रसङ्घको निर्णयअनुरुप नेपाली सेनाको टोलीमा रहेका एक सय ५६ जना एवं स्टाफ तथा पर्यवेक्षक नियुक्तिमा कार्यरतसमेत एक सय ६८ जना सकल दर्जा स्वदेश फिर्ता हुने क्रममा पहिलो टोली आज नेपाल आइपुगेको हो।

नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनाका लागि विश्वभर तैनाथ मिसनममा फौज उपलब्ध गराउने सदस्य राष्ट्रको दोस्रो वरियतामा रहेको छ।

हाल नेपालबाट पाँच सय ८२ महिला शान्ति सैनिकका रुपमा खटिएका छन्। जुन महिलातर्फ शान्ति सेनामा सबैभन्दा ठूलो सहभागिता भएको निर्देशनालयले जनाएको छ। रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...