News Portal

एकै दिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

हिमालीसंचार संवाददाता
३०८ पटक

काठमाडौँ। पाकिस्तानबाट शनिबार एकै दिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन्।

शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार पाकिस्तानमा वर्षौंदेखि बस्दै आएका १ हजार ५१ परिवारका ६ हजार १ जना अफगानीहरू शनिबार तोर्खाम र स्पिन बोल्दाक नाका हुँदै स्वदेश फर्किएका छन्।

पाकिस्तानमा बसोबास गर्ने गैरकानुनी शरणार्थीहरूलाई निर्वासित गर्ने इस्लामावादको निर्णयपछि दुई लाखभन्दा बढी अफगान शरणार्थीहरू मातृभूमि अफगानिस्तान फर्किएका छन्।

पाकिस्तानमा २५ लाखभन्दा बढी अफगान शरणार्थी बसोबास गर्दै आएको बताइएको छ। अफगान कार्यवाहक प्रशासनले हिउँद अघि फर्केकाहरूलाई अस्थायी आश्रय सहित आवश्यक सुविधाहरू उपलब्ध गराउने बताउँदै आएको छ। (रासस/एएफपी)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...