News Portal

युएई सरकारले थप्यो आममाफीका लागि १ महिना समय

हिमाली संचार संवाददाता
६८४ पटक

युएई : युएई सरकारले अबैधानिक भएर बसेका विदेशी नागरिकलाई दिइएको आममाफीको समय १ महिना थप गरेको छ । फेरि १ महिनाको समय थप गरेपछि अब डिसेम्बर १ तारिखसम्म यो सुविधा लिन सकिने युएईका समाचार संस्थाले जनाएका छन् ।

गत अगष्ट १ बाट सुरु भएको ९० दिनको आममाफी प्रकृयामा अवैधानिकरुपमा बसोबास गरिरहेका नेपालीसहित अन्य मुलुकका नागरिकलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रकृया पूरा गरी आफ्नो मुलुक र्फकन आग्रह गरिएको थियो ।

केही देशका दूतावास र कन्सोलरहरुले आममाफीमा सहभागीहरुको आवश्यक कागजातहरू जारी गर्न वा प्रकृया गर्न समय मागेकाले सोहि अनुसार समय थप गरिएको समाचारमा उल्लेख छ ।

आममाफीको समय अवधिपछि अबैध कामदार भेटिए कडा कारबाही गरिने युएई सरकारले जनाएको छ । साथै वैध भएकाहरुले इच्छाएको अवस्थामा युएईमै कामदार भिसामा रहन सक्नेछन् । उनीहरुका लागि ६ महिनाको अस्थायी भिसा दिइने र सो अवधिमा रोजगार खोजेर कामदार भिसा लगाउनु पर्नेछ ।

यसअघि सुरु भएको ९० दिनको माफीको अवसर अक्टोवर ३१ (कात्तिक १४ गते) बुधबार सकिदैँ छ । भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएका नेपालीले नेपाल र्फकन पाउनेछन् ।

गम्भीर प्रकृतिको मुद्दा लागेका तथा मुद्दाको फैसला नभएका आप्रवासी भने फर्किन पाउने छैनन् । अवैध बसेका नेपालीलाई युएईमा रहेको नेपाली दूताबासले ट्राभल डकुमेन्ट उपलब्ध गराइरहेको छ ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...