एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा भएको विष्फोटमा दुईजनाको मृत्यु भएको छ। नौजना घाइते भएका छन्।
काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले विष्फोट बजारी क्षेत्रमा भएको बताए। उनले विष्फोटको कारण अझै पत्ता लगाउन नसकिएको बताए।
गत दुई साता यता सो क्षेत्रमा भएको यो दोस्रो विष्फोट हो। यसअघि पनि सो क्षेत्रमा एक पार्किङस्थलमा विष्फोट भएको थियो।