News Portal

ताइवान सरकारले खतरनाक युद्धको जोखिम निम्त्याएको चीनको आरोप

हिमालीसंचार संवाददाता
३०३ पटक

एजेन्सी। ताइपेइले सैन्य ड्रोन किन्ने योजना बनाएको भन्ने समाचार सार्वजनिक भएपछि चीनको रक्षा मन्त्रालयले बिहीबार ताइवानको डिमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)ले ताइवानलाई ‘युद्धको खतरनाक अवस्था’ तर्फ धकेलेको आरोप लगाएको छ।

चीनले स्वशासित ताइवानलाई आफ्नो भूभागको रुपमा दाबी गर्दै आएको छ र सन् २०१६ मा ताइवानका राष्ट्रपति साई इङ-वेन सत्तामा आएयता चीनको ताइवानसँगको सम्बन्धमा थप तनाव देखिएको छ।

बेइजिङले हालैका वर्षहरूमा ताइवानमाथि कूटनीतिक र सैन्य दबाब बढाएको छ र गत अगस्टमा अमेरिकी प्रतिनिधि सभाकी तत्कालीन सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि ताइवान वरपर युद्धक विमानको सङ्ख्यामा वृद्धि गरिएको छ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु कियानले डीपीपीले ताइवानलाई युद्ध र हिंसाको खतरनाक स्थितिमा तीव्र गतिमा धकेलिरहेको बताएका छन्।

चीनले ताइवानको सत्तारुढ डीपीपीमाथि पटक-पटक औंला उठाएको छ भने उक्त टापुमा सैन्य धम्की बढाउँदै लगेको छ। चिनियाँ सेनाले आफ्नो सैन्य प्रशिक्षण र युद्धको तयारीलाई मजबुत बनाउने वुले बिहीबार जनाएका छन्।

उनले चीनले दाबी गर्दै आएको दक्षिण चीन सागरको जलक्षेत्रमा संयुक्त राज्य अमेरिकाको प्रभावको पनि आलोचना गरेका छन्, तर बेइजिङ र वासिङ्टनबीच ‘सञ्चारका माध्यमहरू सधैं खुला रहेको’ उनको भनाइ छ।

बिहीबार ताइवानले शान्डोङ विमानवाहक पोतको नेतृत्वमा रहेको चिनियाँ फ्लोटिला टापुलाई फिलिपिन्सबाट छुट्याउने जलमार्ग बाशी च्यानल हुँदै प्रशान्त महासागरमा प्रवेश गरेको बताएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...