News Portal

वैदेशिक रोजगारीमा घरेलु कामदारमाथिको प्रतिबन्ध हटाउन महिला आयोगको सिफारिस

हिमालीसंचार संवाददाता
३३१ पटक

काठमाण्डौं। महिला आयोगले महिलालाई वैदेशिक रोजगारीमा घरेलु कामदारका रुपमा लगाइएको प्रतिबन्धका कारण महिला अवैध बाटोबाट वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएको निष्कर्ष निकालेको छ। यसले गर्दा अझ बढी शोषणमा परेको, बिचौलिया तथा दलालबाट ठगिने क्रम बढ्नका साथै घरेलु कामदारका रुपमा अबैध जानेको अभिलेखीकरण नहुँदा राज्यबाट प्राप्त गर्नुपर्ने सेवा, सुविधा तथा सुरक्षाबाट वञ्चित हुँदै आएको आयोगले जनाएको छ।

गन्तव्य मुलुकमा पनि असुरक्षित हुँदा उद्दार तथा क्षतिपूर्तिसमेत नपाउने अवस्था भएको भन्दै उक्त कानुनी प्रतिबन्ध हटाउने गरी कानुनमा परिमार्जन गर्नुका साथै नियमनका लागिसमेत बलियो संयन्त्रको कानुनी व्यवस्था गरी घरेलु कामदारमाथी लगाइएको प्रतिवन्ध फुकुवा गर्न सिफारिस गरेको छ।

महिलाको सुरक्षित र मर्यादित रोजगारीको लागि मनोरञ्जन क्षेत्र, अनौपचारिक क्षेत्र लगायतमा रोजगारदाताले पालना गर्नैपर्ने आचारसंहिता तथा निर्देशिका बनाई लागू गर्न भनिएको छ।

मनोरञ्जन क्षेत्रमा सेवा प्रवाह गर्ने रोजगारदाताको अनुगमनका लागि कानुनमा परिमार्जन गर्न तथा उनीहरुले प्राप्त गर्ने सेवा, सुविधा लगायतका व्यवस्था र अवस्थाको नियमलाई प्रभावकारी बनाउनुका साथै उक्त क्षेत्रमा विद्यमान श्रमशोषणको अन्त्य गर्न न्यूनतम पारिश्रमिक तथा अन्य सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न पनि श्रम मन्त्रालयलाई सिफारिस गरिएको छ।

आयोगले गृह श्रमिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत महिलालाई सामाजिक सुरक्षाको दायरमा ल्याउन पनि जोड दिएको छ। मनोरञ्जन क्षेत्रमा बालश्रमको प्रयोग भइरहेको गुनासो आएको भन्दै त्यसको पनि प्रभावकारी रुपमा नियमन गरी बालश्रम निषेध गर्न आयोको सुझाव छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...