News Portal

वैदेशिक रोजगारीमा घरेलु कामदारमाथिको प्रतिबन्ध हटाउन महिला आयोगको सिफारिस

हिमालीसंचार संवाददाता
२९६ पटक

काठमाण्डौं। महिला आयोगले महिलालाई वैदेशिक रोजगारीमा घरेलु कामदारका रुपमा लगाइएको प्रतिबन्धका कारण महिला अवैध बाटोबाट वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएको निष्कर्ष निकालेको छ। यसले गर्दा अझ बढी शोषणमा परेको, बिचौलिया तथा दलालबाट ठगिने क्रम बढ्नका साथै घरेलु कामदारका रुपमा अबैध जानेको अभिलेखीकरण नहुँदा राज्यबाट प्राप्त गर्नुपर्ने सेवा, सुविधा तथा सुरक्षाबाट वञ्चित हुँदै आएको आयोगले जनाएको छ।

गन्तव्य मुलुकमा पनि असुरक्षित हुँदा उद्दार तथा क्षतिपूर्तिसमेत नपाउने अवस्था भएको भन्दै उक्त कानुनी प्रतिबन्ध हटाउने गरी कानुनमा परिमार्जन गर्नुका साथै नियमनका लागिसमेत बलियो संयन्त्रको कानुनी व्यवस्था गरी घरेलु कामदारमाथी लगाइएको प्रतिवन्ध फुकुवा गर्न सिफारिस गरेको छ।

महिलाको सुरक्षित र मर्यादित रोजगारीको लागि मनोरञ्जन क्षेत्र, अनौपचारिक क्षेत्र लगायतमा रोजगारदाताले पालना गर्नैपर्ने आचारसंहिता तथा निर्देशिका बनाई लागू गर्न भनिएको छ।

मनोरञ्जन क्षेत्रमा सेवा प्रवाह गर्ने रोजगारदाताको अनुगमनका लागि कानुनमा परिमार्जन गर्न तथा उनीहरुले प्राप्त गर्ने सेवा, सुविधा लगायतका व्यवस्था र अवस्थाको नियमलाई प्रभावकारी बनाउनुका साथै उक्त क्षेत्रमा विद्यमान श्रमशोषणको अन्त्य गर्न न्यूनतम पारिश्रमिक तथा अन्य सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न पनि श्रम मन्त्रालयलाई सिफारिस गरिएको छ।

आयोगले गृह श्रमिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत महिलालाई सामाजिक सुरक्षाको दायरमा ल्याउन पनि जोड दिएको छ। मनोरञ्जन क्षेत्रमा बालश्रमको प्रयोग भइरहेको गुनासो आएको भन्दै त्यसको पनि प्रभावकारी रुपमा नियमन गरी बालश्रम निषेध गर्न आयोको सुझाव छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...