News Portal

  • रिगल आए मिडियामा, भारतीले जेलमा हुँदा मसँग ५० लाख मागिन्

    हिमालीसंचार संवाददाता
    ९१३ पटक

    नेपालगन्ज। सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएका योगराज ढकाल रिगलका विषयमा अनेक थरीका समाचार आइरहेका बेला उनले एउटा अन्तरवार्तामा एउटा गम्भिर कुराको खुलासा गरेका छन्। सुत्र टिभीमा अन्तरवार्ता दिदै उनले यस्तो खुलासा गरेका हुन्।

    नेपालगन्जमा हत्या गरिएका चेतन मानन्धरकी तत्कालिन समयकी पत्नी भारती शेर्पा आफू दाङको घोराहीस्थित कारागारमा रहेको समयमा अकस्मात कारागारमै भेट्न पुगेको र त्यसपछि पटक-पटक फोन सम्पर्कमा रहेकी उनले छोराको लालन-पालन गर्ने र पढाउने नाममा ५० लाख मागेको खुलासा गरेका हुन्।

    आफूलाई कारागारमै भेट्न पुगेकी भारतीले ‘पतिको हत्या भएपछि म तीन दिनसम्म बेहोस भएँ, बुवाले जाहेरी दर्ता गर्नु भएको रहेछ, तपाइँले मेरो पति चेतन मानन्धरको हत्या गर्नुभएको रहेनछ भन्ने कुरा मैले पछि मात्र थाहा पाएँ’  भनेर आफूलाई भनेको कुरा उक्त अन्तरवार्तामा रिगलले स्मरण गरेका छन्।

    आफूसँगको भेटमा चेतनको इच्छा आफ्नो छोरालाई इन्जिनियर बनाउने भएको हुँदा तपाइँले उनको धोको पूरा गरिदिनुहोला भनेपछि म अहिले जे-जस्तो अवस्था भएर कारागार आएको भएपनि सक्दो सहयोग गरौंला भनेर जवाफ दिएको रिगलले बताएका छन्।

    ‘मैले पहिला बच्चालाई कक्षा १० सम्म पढाउँदै गर, मेरै आफन्तको स्कुलमा निःशुल्क पढाउन म कुरा गरिदिन्छु, त्यसपछि म कैद भुक्तान गरेर फर्केपछि उच्च शिक्षाका लागि सहयोग गरौंला भनेको थिएँ, कुराकानी भएपछि भारती बहिनी रामैसँग कारागारबाट निस्केकी थिइन्,’ रिगलले भनेका छन् ‘जब पछि कारागारको फोनमा सम्पर्क गरेर उनले मसँग ५० लाख मागिन्, मैले जेलमा बसेको मान्छेले म कसरी अहिले ५० लाख दिन सक्छु र बहिनी भनेर भनेपछि उनी सम्पर्कमै आइनन्।’

    भारतीले पतिको मृत्यु पश्चात दोस्रो बिबाह गरेकी थिइन्। घर परिवारले छोरालाई पनि आफुसँग बस्न नदिएको गुनासो गर्दै आएकी छन्।

    हेर्नुस् सुत्र टिभीले लिएको योगराज ढकाल रिगलको विशेष अन्तरवार्ता :

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संसद् पुनर्स्थापनातिर लागे मुलुक झन् अस्थिरमा -प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्र आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनावको पक्षमा...

    आज २०८२ साल असोज २१ गतेको राशिफल

    आज असोज २१, २०८२ (अक्टोबर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...