News Portal

तमु समाज कुवेतद्वारा लमजुङका बाढीपिडितलाई ५१ हजार आर्थिक सहयोग

हिमाली संचार संवाददाता
६७८ पटक

कुवेत २९ अक्टोबर : सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था तमु समाज कुवेतले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा मिति २०७५ भदौ २७ गते आएको भीषण बाढी पहिरो पिडितलाई (नेपाली रु ५१ हजार १००रुपैयाँ) आर्थिक सहयोग गरेको छ।

बाढी पहिरो पिडित उक्त रकम हस्तान्तरण एक कार्यक्रम गरी हस्तान्तरण गरिएको थियो भने कार्यक्रममा मर्स्याङ्दी गाउँपालिका वडाध्यक्ष अर्जुन गुरुङ, वडा न. ७ का अध्यक्ष युवा घले लगायत समाजसेवी, बुद्धिजिबी साथै तमु समाज कुबेतका भू:पू उपाध्यक्ष, नबिन गुरुङ, समाजको भू:पू तमू साँस्कृतिक बिभागको प्रमुख द्रोण जङ्ग गुरुङ, केही महिनाको लागि छुट्टीमा जानु भएका समाजका सल्लाहकार शुक बहादुर गुरुङको उपस्थितीमा तमु समाजको सदस्यहरुबाट संकलन भएको रकम एकमुष्ट (नेपाली रु ५१ हजार १०० सय रुपैयाँ) मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन तमु लाई सहयोग रकम हस्तान्तरण गरेका थिए । भने तमु समाज परिवार सम्पूर्ण सहयोगी मनहरुलाई अध्यक्ष अर्जुन तमुले धन्यवाद ज्ञापन गर्नु भयो ।

तमु समाज कुबेतले स्थापनाकाल देखिनै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई, कहिले समुहलाई, कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...