News Portal

तमु समाज कुवेतद्वारा लमजुङका बाढीपिडितलाई ५१ हजार आर्थिक सहयोग

हिमाली संचार संवाददाता
७४३ पटक

कुवेत २९ अक्टोबर : सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था तमु समाज कुवेतले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा मिति २०७५ भदौ २७ गते आएको भीषण बाढी पहिरो पिडितलाई (नेपाली रु ५१ हजार १००रुपैयाँ) आर्थिक सहयोग गरेको छ।

बाढी पहिरो पिडित उक्त रकम हस्तान्तरण एक कार्यक्रम गरी हस्तान्तरण गरिएको थियो भने कार्यक्रममा मर्स्याङ्दी गाउँपालिका वडाध्यक्ष अर्जुन गुरुङ, वडा न. ७ का अध्यक्ष युवा घले लगायत समाजसेवी, बुद्धिजिबी साथै तमु समाज कुबेतका भू:पू उपाध्यक्ष, नबिन गुरुङ, समाजको भू:पू तमू साँस्कृतिक बिभागको प्रमुख द्रोण जङ्ग गुरुङ, केही महिनाको लागि छुट्टीमा जानु भएका समाजका सल्लाहकार शुक बहादुर गुरुङको उपस्थितीमा तमु समाजको सदस्यहरुबाट संकलन भएको रकम एकमुष्ट (नेपाली रु ५१ हजार १०० सय रुपैयाँ) मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन तमु लाई सहयोग रकम हस्तान्तरण गरेका थिए । भने तमु समाज परिवार सम्पूर्ण सहयोगी मनहरुलाई अध्यक्ष अर्जुन तमुले धन्यवाद ज्ञापन गर्नु भयो ।

तमु समाज कुबेतले स्थापनाकाल देखिनै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई, कहिले समुहलाई, कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...