News Portal

युएईमा रक्सी खाएर नेपाली महिला महिला बिच चक्कु हानाहान, एक महिलाको ज्यान गयो

७०४ पटक

उमाकान्त पाण्डे
युएई : चक्कु हानाहान हुँदा युएईमा एक जना नेपाली महिलाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् । नुवाकोटकी सोनी तामाङले चक्कु चलाउँदा काठमाडौंकी सिर्जना बरालको ज्यान गएको हो । ठेगाना नखुलेका ममता चौधरी, सलिना मगर र आशा दर्जी घाइते भएका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

सँगै काम गर्ने साथीहरुका अनुसार दसैँ मनाउने भन्दै पाँच नेपाली महिलाले सँगै बसेर रक्सी खाएका थिए । त्यसबेला उनीहरुबीच विवाद भएको थियो । विवाद भएको एक हप्ता पछि चक्कु हानाहान भएको हो ।

उनीहरु सारजहाँमा रहेको तान्जिफ्को क्लिनिङ सर्भिसेस एलएलसी कम्पनीका काम गर्नेहरु हुन् । उनीबीच दसैँ मनाउदा भएको विवदकै कारणले चुक्कु हानाहान भएको कम्पनीले पनि जनाएको छ ।
घटनाबारे कम्पनीले नेपाली दूतावासलाई जानकारी भने गराएको छैन । ‘शनिबार सार्वजनिक विदा भएकाले कम्पनी जानकारी नगराएको होला,’ कार्यवहाक राजदूत फुयाँलले भन्नुभयो, ‘दूतावासले घटनाको बारेमा जानकारी लिने प्रयास गरिरहेको छ ।’

यसरी भयो चक्कु हानाहान

टिकाको दिन शुक्रबार परेकाले प्रायः सबैले दसैँ मनाइरहेका थिए । त्यही दिन पाँच जना महिलाबीच विवाद भएको थियो ।

टिकाको एक हप्तापछि क्याम्प नजिकै अवैध रुपमा बंगाली नागरिकले बेच्ने रक्सी किन्न उनीहरु गएका थिए । रक्सी किन्न जाँदा दसैँको दिनको झगडाले फेरि उनीहरुबीच विवाद भयो । र, क्याम्प भित्र आएपछि सोनी तामाङले चक्कु चलाएकी थिइन ।

घाइते चार जनालाई तत्काल सारजहाँकै अल क्यासिमी अस्पताल पुर्‍याइयो । तर आइसियूमा राखेर उपचार गराउँदा गराउँदै शुक्रबार रातीनै सृजना बरालको ज्यान गयो ।

सामान्य घाइते भएका आशा दर्जी र सलिना मगर उपचार गराएर शनिबार क्याप फर्किएका छन् भने ममता चौधरीको अवस्था गम्भिर रहेको दूतावासले जनाएको छ । चक्कु चलाउने सोनी तामाङ सहित उपचार गराएर फर्किएका सलिना र आशालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुई वर्ष अघि पनि यही कम्पनीमा कार्यरत जनकपुरका विरेन्द्र साहले छुरा चलाउँदा पाँचथरका रन्जित खपाङ्गीको ज्यान गएको थियो । चक्कु हानाहान भएकै कम्पनीमा दुई महिना अघि अर्घाखाँचीकी रिताले खनालले आत्महत्या गरेकी थिइन् ।

कारवाही के हुन्छ ? 

युएईको कानुन अनुसार चक्कनु चलाउने सोनी तामाङलाई हत्याको अभियोगमा जेल चलान हुन्छ । अदालतमा मुद्धा दाएर भएपछि मृतकको परिवारले खुनको वदला खुन नै मागे मत्युदण्डको सजाय हुन्छ ।
मृतकको परिवारले ब्लडमनी मागे ब्लडमनी नै तिर्नपर्ने हुन्छ भने आममाफी दिए माफी हुन्छ । यो कम्पनीमा एक हजार भन्दा धेरै नेपाली कार्यरत छन् । सरसफाइको कामका लागि कामदार सप्लाई गर्ने भएकाले महिला कामदारको संख्या धेरै छ । उज्यालो

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...