News Portal

  • युएईमा रक्सी खाएर नेपाली महिला महिला बिच चक्कु हानाहान, एक महिलाको ज्यान गयो

    ६२२ पटक

    उमाकान्त पाण्डे
    युएई : चक्कु हानाहान हुँदा युएईमा एक जना नेपाली महिलाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् । नुवाकोटकी सोनी तामाङले चक्कु चलाउँदा काठमाडौंकी सिर्जना बरालको ज्यान गएको हो । ठेगाना नखुलेका ममता चौधरी, सलिना मगर र आशा दर्जी घाइते भएका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

    सँगै काम गर्ने साथीहरुका अनुसार दसैँ मनाउने भन्दै पाँच नेपाली महिलाले सँगै बसेर रक्सी खाएका थिए । त्यसबेला उनीहरुबीच विवाद भएको थियो । विवाद भएको एक हप्ता पछि चक्कु हानाहान भएको हो ।

    उनीहरु सारजहाँमा रहेको तान्जिफ्को क्लिनिङ सर्भिसेस एलएलसी कम्पनीका काम गर्नेहरु हुन् । उनीबीच दसैँ मनाउदा भएको विवदकै कारणले चुक्कु हानाहान भएको कम्पनीले पनि जनाएको छ ।
    घटनाबारे कम्पनीले नेपाली दूतावासलाई जानकारी भने गराएको छैन । ‘शनिबार सार्वजनिक विदा भएकाले कम्पनी जानकारी नगराएको होला,’ कार्यवहाक राजदूत फुयाँलले भन्नुभयो, ‘दूतावासले घटनाको बारेमा जानकारी लिने प्रयास गरिरहेको छ ।’

    यसरी भयो चक्कु हानाहान

    टिकाको दिन शुक्रबार परेकाले प्रायः सबैले दसैँ मनाइरहेका थिए । त्यही दिन पाँच जना महिलाबीच विवाद भएको थियो ।

    टिकाको एक हप्तापछि क्याम्प नजिकै अवैध रुपमा बंगाली नागरिकले बेच्ने रक्सी किन्न उनीहरु गएका थिए । रक्सी किन्न जाँदा दसैँको दिनको झगडाले फेरि उनीहरुबीच विवाद भयो । र, क्याम्प भित्र आएपछि सोनी तामाङले चक्कु चलाएकी थिइन ।

    घाइते चार जनालाई तत्काल सारजहाँकै अल क्यासिमी अस्पताल पुर्‍याइयो । तर आइसियूमा राखेर उपचार गराउँदा गराउँदै शुक्रबार रातीनै सृजना बरालको ज्यान गयो ।

    सामान्य घाइते भएका आशा दर्जी र सलिना मगर उपचार गराएर शनिबार क्याप फर्किएका छन् भने ममता चौधरीको अवस्था गम्भिर रहेको दूतावासले जनाएको छ । चक्कु चलाउने सोनी तामाङ सहित उपचार गराएर फर्किएका सलिना र आशालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    दुई वर्ष अघि पनि यही कम्पनीमा कार्यरत जनकपुरका विरेन्द्र साहले छुरा चलाउँदा पाँचथरका रन्जित खपाङ्गीको ज्यान गएको थियो । चक्कु हानाहान भएकै कम्पनीमा दुई महिना अघि अर्घाखाँचीकी रिताले खनालले आत्महत्या गरेकी थिइन् ।

    कारवाही के हुन्छ ? 

    युएईको कानुन अनुसार चक्कनु चलाउने सोनी तामाङलाई हत्याको अभियोगमा जेल चलान हुन्छ । अदालतमा मुद्धा दाएर भएपछि मृतकको परिवारले खुनको वदला खुन नै मागे मत्युदण्डको सजाय हुन्छ ।
    मृतकको परिवारले ब्लडमनी मागे ब्लडमनी नै तिर्नपर्ने हुन्छ भने आममाफी दिए माफी हुन्छ । यो कम्पनीमा एक हजार भन्दा धेरै नेपाली कार्यरत छन् । सरसफाइको कामका लागि कामदार सप्लाई गर्ने भएकाले महिला कामदारको संख्या धेरै छ । उज्यालो

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १२ गतेको राशिफल

    आज भदौ १२, २०८२ (अगस्त २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

    काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत...

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...