News Portal

एनआरएनले विदेशबाटै नेपाली नागरिकताका लागि आवेदन दिन सक्ने

हिमालीसंचार संवाददाता
३८३ पटक

काठमाडौं। गैरआवासीय नेपालीले पहिलो पटक नेपाली नागरिकता पाउने भएका छन्। आमाबाबु वा बाजेबज्यैको नेपाली नागरिक भएको व्यक्तिले गैरआवासीय नेपाली नागरिकताको प्रमणपत्रका लागि निवेदन दिन सक्ने भएका छन्।

गत भदौ २९ गते बसेको मन्त्रिपरिषद बैठकले नागरिकता नियमावलीको तेस्रो संशोधन गरी गैरआवासीय नेपालीलाई नागरिकता दिन सकिने व्यवस्था गरेको हो।

गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने व्यक्तिले जुन नातेदार (आमाबाबु वा बाजेबज्यैमध्ये एकजना)को नागरिकताको आधारमा नागरिकता लिने हो सोही जिल्लामा निवेदन पठाउनुपर्नेछ।

यस्तै कुन देशको नागरिक हो सोसमेत खुलाउनका लागि राहदानीको प्रतिलिपि पनि बुझाउनु पर्नेछ। नेपाली नागरिकले विदेशी नागरिकता लिएको भए नेपाली नागरिकता भने त्याग गरेपछि मात्र गैरआवासीय नेपाली नागरिकताका लागि निवेदन दिन सक्नेछन्।

संविधानअनुसार सार्क राष्ट्रमा बसोबास गर्नेहरुले भने गैरआवासीय नेपाली नागरिकता पाउने छैनन्। गैरआवासीय नेपाली नागरिकता दिनुअघि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित व्यक्तिलाई नेपालको संविधान र कानुन मान्ने प्रतिबद्धता गराउनेछन्।

गत जेठ १७ गते पारित नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्ने व्यवस्था थियो। तर सोअनुसार नियमावली संशोधन नहुँदा गैरआवासी नागरिकता वितरण हुन सकेको थिएन।

गैरआवासीय नागरिकताका लागि एनआरएनएले लामो समयदेखि लबिङ गर्दै आएको थियो। नियमावलीमा समेत संशोधन भएपछि सरकारले अब नागरिकता वितरणको काम अघि बढाउने बताएको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...