News Portal

एनआरएनले विदेशबाटै नेपाली नागरिकताका लागि आवेदन दिन सक्ने

हिमालीसंचार संवाददाता
३३८ पटक

काठमाडौं। गैरआवासीय नेपालीले पहिलो पटक नेपाली नागरिकता पाउने भएका छन्। आमाबाबु वा बाजेबज्यैको नेपाली नागरिक भएको व्यक्तिले गैरआवासीय नेपाली नागरिकताको प्रमणपत्रका लागि निवेदन दिन सक्ने भएका छन्।

गत भदौ २९ गते बसेको मन्त्रिपरिषद बैठकले नागरिकता नियमावलीको तेस्रो संशोधन गरी गैरआवासीय नेपालीलाई नागरिकता दिन सकिने व्यवस्था गरेको हो।

गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने व्यक्तिले जुन नातेदार (आमाबाबु वा बाजेबज्यैमध्ये एकजना)को नागरिकताको आधारमा नागरिकता लिने हो सोही जिल्लामा निवेदन पठाउनुपर्नेछ।

यस्तै कुन देशको नागरिक हो सोसमेत खुलाउनका लागि राहदानीको प्रतिलिपि पनि बुझाउनु पर्नेछ। नेपाली नागरिकले विदेशी नागरिकता लिएको भए नेपाली नागरिकता भने त्याग गरेपछि मात्र गैरआवासीय नेपाली नागरिकताका लागि निवेदन दिन सक्नेछन्।

संविधानअनुसार सार्क राष्ट्रमा बसोबास गर्नेहरुले भने गैरआवासीय नेपाली नागरिकता पाउने छैनन्। गैरआवासीय नेपाली नागरिकता दिनुअघि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित व्यक्तिलाई नेपालको संविधान र कानुन मान्ने प्रतिबद्धता गराउनेछन्।

गत जेठ १७ गते पारित नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्ने व्यवस्था थियो। तर सोअनुसार नियमावली संशोधन नहुँदा गैरआवासी नागरिकता वितरण हुन सकेको थिएन।

गैरआवासीय नागरिकताका लागि एनआरएनएले लामो समयदेखि लबिङ गर्दै आएको थियो। नियमावलीमा समेत संशोधन भएपछि सरकारले अब नागरिकता वितरणको काम अघि बढाउने बताएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...