
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको आदेश बदर माग गर्दै दर्ता भएको पुनरावेदन सुनुवाइका लागि पाटन उच्च अदालतमा बिहीबारलाई पेशी तोकिएको छ।
न्यायाधीश सुवास पौडेल र दीपेन्द्र अधिकारीको इजलासले सुनुवाइ गर्ने छ। यसअघि पुनरावेदन गरेका सबै जनाको कैफियत प्रतिवेदन आई नपुगेको भन्दै अघिल्लो पटक आइसकेपछि लगाउमा राखेर पेश गर्न आदेश भएको थियो।
२० जनाले पुनरावेदन गरेका छन्। यसअघि काठमाडौं जिल्ला अदालतले १६ जनालाई थुनामा पठाएको थियो।
सांसद टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डेसहितले पुनरावेदन गरेका छन्।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
