News Portal

  • भात, आलु, चिनी खान नहुने रोग हैन सुगर: डा. रूपक भारी

    हिमालीसंचार संवाददाता
    ६२५ पटक

    मान्छेहरूको हल्लाकोपछि भाग्ने बानी छ। मैले बिरामीहरूलाई सुगर भएको छ भने पनि खान नहुने केही छैन भन्ने गरेको छ। बोसो, चिल्लो, गुलियो कसैले खान हुँदैन।

    के खानेभन्दा पनि कति खाने भन्ने महत्वपूर्ण हो। सुगर भन्नासाथ चिनी, भात र आलु खान नहुने रोग होइन। हामीले खाएका खानेकुरा पेटमा गएर बन्ने चिनी नै हो। रगतमा चिनीको मात्रा बढी हुनु भनेको चिनी बढी उत्पादन भएको होइन। खाएको खानेकुरा खेर गएको हो।

    डाइभिटिज थाइराइड उपचार केन्द्र कुपण्डोलमा कार्यरत मधुमेह रोग विशेषज्ञ डाक्टर रूपक भारीसँग सुगर रोगबारे गरिएको विशेष सम्बादः

    – प्राकृतिक खानेकुरा जे खाँदा पनि हुन्छ। दाल, भात, तरकारी, दूध, दही, मोही, सागसब्जी, मासु र फलफूल जे खाए पनि हुन्छ।

    – सामान्य बुझ्नु पर्ने के हो भने हामीले केही पनि बढी खान भएन। बिरामीहरू मैले चिनी, चामल खाएको छैन। उसिनेको चामल खान्छु भन्नुहुन्छ तर जतिसुकै सुगर प्रेसर बढे पनि रक्सी खान छोड्नु हुन्न।

    – हामी गलत कुराको पछि लाग्छौं। कुनै पनि खानेकुरा एकै पटकमा धेरै खान भएन, पटक पटक गरेर खाने तर धेरै नखाने।

    – हाम्रो देशमा सुगरफ्री चामल, दाल, जुस, मिठाइ र सेलरोटी पाइन्छ। यस्तो किन जरूरी भयो र? एक दिनमा सय ग्राम फलफूल खाँदा केही हुँदैन।

    – सुगर भनेको उसिनेको चामल खानु पर्ने रोग होइन। सुगर भएकाले यो खाने, यो नखाने भनेर छुट्टाएका छौं। त्यो भ्रम हो।

    – एक चम्चा चिनी खाँदैमा केही बिग्रिन्न। होटलमा भस्म खाने, चिल्लो खाने, रक्सी पिउने तर सामान्य दालभात किन नखाने? सुगरका बिरामी आत्तिन जरूरी छैन। सुगर समाजका हरेक वर्गलाई छ। व्यायाम सबैले गर्न जरूरी छ।

    – आधा घन्टा व्यायाम गर्नुस् भन्यो, फुर्सद छैन भन्छन्। सधैँ हतारमा हुने मान्छेले समयमा काम कहिल्यै गर्दैन।

    – मान्छे अल्छी भयो भने सुगर हुन्छ। सुगर चिनी खाएर लाग्ने रोग होइन। आवश्यकताभन्दा बढी खाने र चाहिनेभन्दा बढी तौल हुनेलाई सुगर हुन्छ।

    • तौल, खाना र व्यायामलाई सन्तुलन मिलाउन सके सुगरबाट बच्न सकिन्छ। चिकित्सकको सल्लाहअनुसार औषधी खानुपर्छ। अनेकथरी जडीबुटीका पछाडि लाग्नु हुँदैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २७ गतेको राशिफल

    आज कार्तिक २७, २०८२ (नोभेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...