News Portal

नमुना बिश्वकर्मा समाज नेपाल कुवेतद्वारा २ लाख ९५ हजार भन्दा बढी आर्थिक सहयोग

हिमाली संचार संवाददाता
८५५ पटक

चन्द्र बिश्वकर्मा
कुवेत : नमुना बिश्वकर्मा समाज नेपाल-कुवेतले अाँखा क्यान्सर पीडितलाई ७७३.७५० कुवेती दिनार अर्थात नेपाली दुई लाख सन्तानब्बे हजार आठ सय उनासी रुपैयाँ आर्थिक सहयोग गरेको छ।

म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -२ लम्सुङका प्रेम बि.क.को छोरा वर्ष आठका नजिन बि.क.को अाँखामा क्यान्सर भएको थियो । उनको उपचारका लागि कुवेतमा नजिन बि.क बचाउ अभियान सस्थाका अध्यक्ष भिम गदलको संयोजकत्वमा संचालन गरि ७७३.७५० कुवेती दिनार संकलन गरिएको हो ।

नेपाल क्यान्सर अस्पतालमा उपचाररत बि.क.लाई सस्थाका सहकाेषाध्यक्ष राम बिश्वकर्मा, सदस्य रुद्र गदल र आशिस गदलले उक्त आर्थिक सहयोग अाँखा क्यान्सर पीडित नजिनको आमा उदिमाया बि.क र अभियन्ता बबिता योन्जन तामाङलाई हस्तान्तरण गरिएको हो ।

बिगत ६ महिना पहिले अाँखामा मासु पलाएको र बिस्तारै अाँखामा मासुको आकार बढ्दै गएको थियो । घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले समयमै उपचार गराउन नसक्दा अाँखामा क्यान्सर भएको थियो । उनको अहिले नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

कुवेतको नेपाली समाजमा सन २०१६ को अन्त्यमा स्थापना भएको यस सस्थाले कुवेतमा समस्यामा परेका नेपाली, दुखी, गरिब र असहायहरुको उद्दार कार्यमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ भने स्वदेशमा समेत धेरै दुखी, गरिब र असहायहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।

नजिन बि.क. बचाउ अभियानमा सहयोग गर्नु हुने संघ – सस्था, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकार लगायत सम्पुर्ण सहयोगी दाजुभाइ तथा दिदिबहिनीहरुलाई नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...