News Portal

हिमालयन बैंकलाई सवा करोड र कुमारी बैंकलाई साढे ५९ लाख जरिवाना

हिमालीसंचार संवाददाता
३९१ पटक

काठमाडौं। नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ। कुमारी बैंकलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पालना नगरेको भन्दै ५९ लाख ६३ हजार ६ सय ९४ रूपैयाँ जरिवाना गरिएको छ।

गत आर्थिक वर्षमा कुमारी एक पटक कारबाहीमा परेको केन्द्रीय बैंकले जनाएको छ। कुमारी बैंकले माघमा सीडि रेसियो उल्लंघन गरेको थियो।

यता सीडी रेसियो उल्लंघनकै अभियोगमा हिमालयन बैंकलाई १ करोड ३९ लाख ४७ हजार रूपैयाँ जरिवाना तिराइएको छ।

यस्तै, प्रिमियम दर बढाई ब्याज असुल गरेको भन्दै प्राइम कर्मसियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरलाई सचेत गराइएको छ।

प्राइमले कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम पाइएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...