News Portal

हिमालयन बैंकलाई सवा करोड र कुमारी बैंकलाई साढे ५९ लाख जरिवाना

हिमालीसंचार संवाददाता
३२७ पटक

काठमाडौं। नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ। कुमारी बैंकलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पालना नगरेको भन्दै ५९ लाख ६३ हजार ६ सय ९४ रूपैयाँ जरिवाना गरिएको छ।

गत आर्थिक वर्षमा कुमारी एक पटक कारबाहीमा परेको केन्द्रीय बैंकले जनाएको छ। कुमारी बैंकले माघमा सीडि रेसियो उल्लंघन गरेको थियो।

यता सीडी रेसियो उल्लंघनकै अभियोगमा हिमालयन बैंकलाई १ करोड ३९ लाख ४७ हजार रूपैयाँ जरिवाना तिराइएको छ।

यस्तै, प्रिमियम दर बढाई ब्याज असुल गरेको भन्दै प्राइम कर्मसियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरलाई सचेत गराइएको छ।

प्राइमले कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम पाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...