News Portal

दक्षिण कोरियामा २४५ नेपालीको मृत्यु, सहकर्मी हत्या आरोपमा २ जना पक्राउ

हिमालीसंचार संवाददाता
२८९ पटक

काठमाडौं। दक्षिण कोरियामा हालसम्म २४५ जना नेपालीको मृत्यु भएको छ। पछिल्लो समय वैदेशिक रोजगारीका लागि कोयिा जाने नेपालीको संख्या बढेको तथा औद्योगिक दुर्घटना, आकस्मिक मृत्यु, आत्महत्या, डिप्रेशन, लगायतका घटनामा नेपाली कामदारहरुको मृत्यु हुने गरेको देखिएको छ।

सोलस्थित नेपाली दूतावासले प्रवासी श्रमिकका लागि विविध किसिमका परामर्श सेवा उपलब्ध गराएको भएपनि संङख्यात्मक हिसाबले आत्महत्या र आकस्मिक मृत्युको घटना गम्भीर रुपमा देखिएको छ। जसमध्ये रोजगार प्रक्रिया प्रणालीमार्फत कोरिया आएकाहरुनै बढी देखिन्छन्।

कोरियामा नेपाली राजदूतावास स्थापनापछिको विगत पन्ध्रबर्षकोे कालखण्डमा आत्महत्या, आकस्मीक मृत्यु,औधोगिक दुर्घटना, विविध रोगको कारणले गरि कूल २४५ जनाको मृत्यु भएको देखिएको छ।

साथै कार्यस्थलमा भएको औधोगिक दुर्घटनामा ज्यान गुमाएका र कार्यस्थलमै भएको घाँउचोट अंगभंग ईत्यादी घटनाबाट पिडितहरुको परिवार समक्ष हालसम्म कूल ५० करोड नेपाली रुपैयाँ क्षतिपूर्ति पुगेको सोलस्थित नेपाली दूतावासले जनाएको छ।

समुन्द्र तटमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका एक नेपालीको हकमा दूतावासको कानूनी पहल कदमीले मृतकका परिवारले नेपाली ४५ लाख क्षतिपूर्ति प्राप्त गरेका छन्।

दक्षिण कोरियामा नेपाली श्रमिकको सङ्ख्या दिनानुदिन बढेपनि नेपाली दूतावाससँग आफ्ना नागरिक कहाँ, कसरी, कुन अवस्थामा छन् भन्ने वास्तविक तथ्याङ्क नै छैन।

सन् १९७४ मे १५ मा नेपाल–दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको तीस वर्ष पछि सन् २००५ मा दुई देशबीच हवाई तथा सांस्कृतिक सम्झौताले सम्बन्ध थप विकसिट भएको थियो।

कोरियामा नेपाली आवासीय दूतावास सन् २००७ मा स्थापितपछि सन् २००८ देखि दक्षिण कोरियाले रोजगार प्रक्रिया प्रणाली(ईपिएस)को भाषा परीक्षा उत्तीर्णको प्रक्रियामार्फत नेपाली कामदारलाई जिटुजी माध्यमबाट कोरियाको श्रम बजारमा अनुमति प्रदान गरेसँगै हाल करिब ९० हजार नेपालीहरु रोजगार गर्ने गरेका छन्।

दक्षिण कोरियामा कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा नेपालीहरु काम गर्दछन।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...