News Portal

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको कारावास सजाय

हिमालीसंचार संवाददाता
२९२ पटक

तस्वीर : रोयटर्स

इस्लामावाद। पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ।

पाकिस्तानको राजधानी इस्लामावादमा रहेको ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा उनलाई तीन वर्षको जेल सजाय सुनाएको हो। उनलाई १ लाख पाकिस्तानी रुपैयाँ बराबरको जरिवानाको सजाय पनि सुनाइएको छ।

अदालतको आदेशलगत्तै उनलाई पक्राउ गरिएको पाकिस्तानी अखबार डनको अनलाइन संस्करणले जनाएको छ। उनी पाकिस्तानको लाहोर सहरमा रहेको जमान पार्कबाट पक्राउ परेका हुन्।

उनलाई कोत लखपत जेल लगिएको पाकिस्तान तहरिक ए इन्साफले ट्विटरमार्फत जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...