News Portal

राजदूत अर्याल र ओमानका परराष्ट्र मन्त्रालयका अन्डरसेक्रेटरीबीच भेटवार्ता

हिमालीसंचार संवाददाता
२९५ पटक

मस्कट। ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल र ओमानको परराष्ट्र मन्त्रालयका अन्डरसेक्रेटरी खालिद अल मुसैलीबीच भेटवार्ता भएको छ।

भेटका अवसरमा दुई पक्षीय सहयोग तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ।

उक्त भेटमा ओमानका तर्फबाट सम्बन्धित महाशाखाका कर्मचारी र नेपाली दूतावासबाट प्रथम सचिव सोमेश थापा तथा श्रम सहचारी गोबिन्द आचार्यको पनि उपस्थिति थियो।

सो अवसरमा राजदूत अर्यालले माछापुछ्रे हिमालयन रेन्जको पेन्टिङ परराष्ट्र मन्त्रालयको उपयुक्त स्थानमा राख्न उपहारस्वरूप प्रदान गरेका थिए। उक्त पेन्टिङ सगरमाथा समूह ओमानद्वारा उपलब्ध गराइएको थियो।

गत हप्ता मात्र राजदूत अर्यालले त्यहाँको श्रम मन्त्रालयका अन्डरसेक्रेटरी शेख नसर अमुर अल होस्नीबीच पनि भेटवार्ता गरेका थिए।

उनीहरूबीचको भेटमा पनि द्विपक्षीय सहयोग, श्रम सम्झौता, कामदारका विविध समस्याहरू, मानव तस्करीलगायतको विषयमा छलफल भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...