News Portal

कुमारी बैंकका पूर्वसीइओ तिमिल्सनासहित ११ जनाविरूद्ध मुद्दा

हिमालीसंचार संवाददाता
४११ पटक

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कुमारी बैंकका तत्कालीन सीइओसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

कुमारी बैंकका तत्कालीन सिइओ अनुजमणि तिमिल्सना र न्युरोड शाखा प्रमुखसमेतलाई प्रतिवादी बनाएर १ अर्ब १० करोड ४३ लाख ३६ हजार ४ सय रुपैयाँ बिगो दाबी कायम गरी विभागले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरुमाथी गैरकानूनी रूपमा कर्जा अपचलन गर्ने काममा संग्लग्न रहेको भेटिएको अभियोग लागेको छ। कुमारी बैंकका तत्कालीन सिइओ र शाखा प्रमुखसमेतको मिलेमतोमा फर्जी कागजातका बनाएर मेरालायन इन्टरप्राइजेज कम्पनी प्रालिको नाममा प्रयोग गरी प्रतिवादीहरूले सम्पत्ति शुद्धीकरणको कसूर गरेको एक अर्ब १० करोड ४३ लाख बिगो माग दाबी गर्दै मुद्दा दायर भएको हो।

विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३० को उपदफा १, २, ७ र ८ बमोजिम अलग–अलग सजाय माग गरेको छ। त्यसै ऐनको दफा ३४ को उपदफा १ र २ बमोजिम विभागले अपचलन भएको रकम जफत गर्नसमेत माग गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...