News Portal

  • नेपालको पानी अब हङकङ र मकाउमा

    हिमालीसंचार संवाददाता
    २७७ पटक

    काठमाडौ। ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ। डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन्।

    गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताए।

    हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात सुरु गरिएको उनले जानकारी दिए। “हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिबोतल रु ९० देखि रु एक सय पर्छ। नेपालबाट निर्यात हुने तुलनात्मकरुपमा पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने विश्वास छ”, उनले भने। यद्यपि पानीको प्रोसेसिङदेखि निर्यातसम्मको खर्च जोडेपछि मात्रै पानीको बिक्री मूल्य कति राख्ने भन्ने निर्णय हुने कम्पनीको भनाइ छ।

    “कम्पनी हङकङ र मकाउमा पानी निर्यातका लागि स्वीकृत पाइसकेको छ”, उनले भने, “पहिलो चरणमा एक कन्टेनरमा ११ सय कार्टुन पानी हङकङ निर्यात भइसकेको छ।” उनका अनुसार तत्कालका लागि हङकङ र मकाउमा मात्रै मासिक १० कन्टेनर बराबरको पानी निर्यात गर्न सकिने सम्भावना छ।

    सामान्यतयाः यहाँबाट ४० दिनमा हङकङमा पानी निर्यात गर्न सकिन्छ। अन्य देशमा पनि माग भएमा मासिक आठदेखि १० कन्टेनर अर्थात् करिब एक लाख लिटर पानी निर्यात गर्न सकिने क्षमता कम्पनीसँग रहेको उहाँले जानकारी दिए। यद्यपि माग बढेको अवस्थामा क्षमता विस्तार गर्नेसमेत योजना रहेको उनले सुनाए। सञ्चालक खत्रीका अनुसार कम्पनीसँग हाल दैनिक औसतमा एक लाख लिटर पानी फिल्टरिङ र प्याकिङ गर्न सक्ने क्षमता छ।

    “हङकङ र मकाउपछि बङ्गलादेशमा पानी निर्यातका लागि प्रक्रिया निकै अगाडि बढेको छ”, उनले भने, “त्यसबाहेक कतार, साउदी अरब र अष्ट्रेलियमा पनि पानी निर्यातका लागि काम भइरहेको छ।” कम्पनीले काठमाडौँको तारकेश्वर नगरपालिका–३ मा करिब रु १२ करोड लगानीमा चार रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरेको छ। कम्पनी सञ्चालकमा विकास खत्री, शालिग्राम ढुङ्गाना, पुनकाजी महर्जन र राजु रिमाल हुन्। चार जना मिलेर सन् २०१७ देखि वेभ नेपाल प्रालि सञ्चालन गरेका हुन्। यसअघि उनीहरु छुट्टाछुट्टै प्रोसेस पानीको व्यापार गर्दै आएका थिए।

    कम्पनीले पानी शुद्धीकरणका लागि अमेरिकन प्रविधि ‘अल्ट्रा फिल्टरेसन’ प्रयोग गरेको छ। पानी शुद्धीकरणमा ‘ह्युमन ह्याण्ड’ कतै पनि प्रयोग नहुने र प्रोसेस सकिएपछि प्रत्येक बोतल र जारमा भरिने पानीको ल्याबमा परीक्षणसमेत गरिने उनको भनाइ छ।

    “एक कन्टेनर पानी हङकङ निर्यातका लागि प्रतिकन्टेनर २८ सयदेखि तीन हजार डलर पर्ने अनुमान छ। बीस फिटको कन्टेनरमा ११ सय कार्टुन पानी अट्ने गर्छ। विदेशमा पानी निर्यात गर्दा तीन सय, पाँच सय र एक लिटरको बोतलमा हाल निर्यात भइरहेको छ”, उनले भने।

    कम्पनीको प्रयोग गर्ने पानीको स्रोत ६ हजार ६ सय ७० फिट उचाइमा रहेको ककनीमा पर्छ। स्प्रिङ वाटरको महत्व बुझाउन सक्ने हो भने भारतमा मात्रै पनि ठूलो परिमाणमा पानी निर्यात गर्न सकिने सम्भावना रहेको कम्पनीको बुझाइ छ। कम्पनीले हाल निर्यात गरिरहेको पानी ट्राउट जातको माछा पालनका लागि पनि योग्य मानिन्छ।

    उनका अनुसार नेपालमा बिक्री गर्ने पानीको तुलनामा हङकङमा निर्यात गर्ने पानीको मूल्य बढी पर्छ। “हङकङ निर्यातका लागि सोहीअनुसारको बोतल आवश्यक पर्छ, जसले पानीको मूल्य बढी पर्छ”, उनले भने। कम्पनीमा हाल प्रत्यक्ष ३३ र अप्रत्यक्ष करिब पाँच सय जनालाई रोजगारी पाइरहेको उनको भनाइ छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २३ गतेको राशिफल

    आज साउन २३, २०८२ (अगस्त ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्या भण्डारी समूहले बानेश्वरमा खोले सम्पर्क कार्यालय, तीन दशकअघिको घरमै फेरि गुञ्जिने राजनीति

    काठमाडौं, साउन २२ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनको...

    रुपन्देही कारागारमा रवि भेटेपछि बाबुरामको टिप्पणी : “पत्रिका पढ्नसमेत नदिइएको अचम्म लाग्यो”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का...

    भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री ओलीको जोड : ‘पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहनमै विकासको मूल चाबी’

    तुर्कमेनिस्तान, साउन २२ – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको हितका लागि पूर्वाधार सुदृढीकरण,...

    बौद्ध खुकुरी काण्डः दुई युवक पक्राउ, घाइतेको वीर अस्पतालमा उपचार जारी

    काठमाडौं, साउन २२ – काठमाडौंको बौद्ध क्षेत्रमा केही दिनअघि घटेको खुकुरी आक्रमण प्रकरणमा संलग्न भएको...