आज : २०२६-०६-२१, आइतबार

मोरङको रंगेली नगरपालिकाबाट लागूऔषधसहित दुई युवा पक्राउ

मोरङ, असार २१ बिहीबार – मोरङको रंगेली नगरपालिका-७ स्थित मालपोत कार्यालय नजिकैबाट ब्राउनसुगर जस्तो देखिने  लागुौषधसहित दुई जना पक्राउ परेका छन।

बिहीबार दिउँसो ३ बजे जिल्ला प्रहरी बिराटनगरको गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले रंगेली ७ का दिवाकर अग्रवालको घरबाट लागुऔंषधसहित नापतौल गर्ने मेसिन नेपाल प्रहरीले पक्राउ गर्ने सफल भएको छ।

रंगेलीका दिवाकर अग्रवालका छोरा बर्ष ३० का दिपेश अग्रवाल र रंगेली ६ का जुवेर खानका छोरा बर्ष २४ का रेशम खानलाई प्रहरी ५१ ग्राम लागुऔंषध पक्राउ गरेको हो।

उनीहरुलाई प्रहरीले बिगत दुई महिनादेखि प्रहरीले उनीहरुलाई निगरानीमा राखिरहेको र प्रहरी यस भेगबाट अहिलेसम्मकै ठुलो परिमाण भएको समेत प्रहरीले जनाएको छ।

उनीहरुलाई लागुौषध सेवन तथा बेचविखन अन्तर्गत मुद्दा दर्ता गरिने इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक चन्द्र खड्काले हिमालीसंचारडटकमसंग बताए।