News Portal

  • दुईभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई ५ हजार प्रोत्साहन भत्ता दिइने

    हिमालीसंचार संवाददाता
    २५५ पटक

    पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहाले दुईभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मान स्वरूप प्रोत्साहन भत्ता दिने भएको छ।

    तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई प्रोत्साहन भत्ता दिइने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताएका छन्। बच्चाको जन्म दर्तासँगै उनीहरूले नगद ५ हजार भत्ता पाउने पोखरेलले बताए।

    वडामा जनसङ्ख्या वृद्धि गर्ने लक्ष्य सहित यो कार्यक्रम आगामी आर्थिक वर्षको साउन महिनादेखि लागू हुने उनको भनाई छ। पछिल्लो समय बढीमा दुई सन्तान जन्माउने चलन छ।

    ‘गाउँमा जनसङ्ख्या घट्दै गएको छ। काम गर्ने जनशक्तिको अभाव हुन थालेको छ,‘वडाध्यक्ष पोखरेलले प्रशासनसँग भने, नेपाल’ कृषि प्रधान देश भएको सरकारले नै भन्दै आएको छ। बजेट पनि कृषिमा नै बढी विनियोजन भएको अवस्था छ। तर कार्यान्वयन पक्ष उपलब्धिमूलक छैन। कृषि गर्ने मानिसको अभाव छ। खेतबारी बाझिएका छन्। यहाँका नागरिक भोकै मर्नुपर्ने अवस्था दिनानुदिन सिर्जना हुँदै गएको छ। खानकै लागि परनिर्भर बन्न परिरहेको छ।’

    शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकाले लिनुपर्ने उनको भनाई छ। धेरै सन्तान जन्माए नै काम गर्ने जनशक्ति उत्पादन हुने भन्दै उनले अलिअलि उत्पादन भएको खेती जोगाउन पनि जङ्गली जनावर लखेट्ने मानिस गाउँमा नभएको बताए।

    उनले भने, ‘गाउँमा जेष्ठ नागरिक र अधिकांश महिला मात्रै छन्। २ सन्तान हुन्छन्,पढाइका लागी बिदेसिन्छन्, जङ्गली जनावर घरभित्रै पसेर अन्नपात खोसेर लैजाने गरेका छन्। यसको रोकथामका लागि जन्मदर बढाउनुपर्छ। नत्र कृषिलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुको कुनै अर्थ छैन। आधुनिक प्रविधिको उपयोग गर्ने जनशक्ति छैनन्।’

    वडाको उक्त निर्णय गाउँपालिको रातो किताबमा समेत परिसकेको उनको भनाई छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    “मलाई पार्टीबाट रोक्न सकिँदैन” – भण्डारीको एमाले नेतृत्वलाई चुनौतीपूर्ण सन्देश

    काठमाडौं, साउन ९ – पार्टी सदस्यताको विषयमा नेकपा एमालेले लिएको पछिल्लो निर्णयप्रति गहिरो असन्तुष्टि जनाउँदै...

    एमालेलाई बलियो बनाउने अभियानमा विद्यादेवी भण्डारी : “मलाई पदको लालसा छैन”

    काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) भित्र देखिएको विवादप्रति प्रतिक्रिया दिँदै आफूलाई...

    सार्वजनिक स्थानमा धूम्रपान गरे अब जरिवाना : काठमाडौं महानगरको कडाइ

    काठमाडौं, साउन ९ – काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान गर्नेहरूमाथि अब कडा निगरानीसाथ जरिवाना गर्ने...

    इरानको जेलबाट मुक्त भए पाँच नेपाली, बिहीबार स्वदेश अवतरण

    काठमाडौं, साउन ९ – इरानको जेलमा महिनौँदेखि थुनामा रहेका पाँच जना नेपाली नागरिक अन्ततः रिहा भई...

    भिजिट भिसाबाट विदेश बसेर फर्किएकैलाई मन्त्री बनाइएको उदाहरण हाम्रैसामु छ : प्रमुख सचेतक घिमिरेको कटाक्ष

    काठमाडौं, साउन ९ – प्रतिनिधिसभाको बैठकमा आज विशेष टिप्पणी गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम...