News Portal

भारतमा बाजुराका दाजुभाइ बेपत्ता

हिमालीसंचार संवाददाता
४०० पटक

बाजुरा। बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका दुई दाजुभाइ भारतमा बेपत्ता भएका छन्। भारतको उत्तराखण्ड राज्यको पौडीपावौबाट घर फर्किंदै गरेका ४० वर्षीय अर्जुन रावत र ३४ वर्षीय टेकबहादुर रावत एक महिनादेखि बेपत्ता छन्।

दिनेशखबरका अनुसार उनीहरु गत जेठ ३ बाट सम्पर्क विहीन भएका हुन्। उनीहरुले पावौबाट ऋषिकेश जाने बसमा आउँदै गरेको भनेका थिए। खबर आएको तीन घण्टापछि दुर्ब जना सम्पर्क विहीन भएको अर्जुनकी श्रीमती जाना रावतले बताइन्।

बेपत्ता दाजुभाइको खोजी गरिदिनका लागि पीडित परिवारले स्थानीय सरकार, प्रदेश र संघीय सरकारलाई समेत हारगुहार गर्दै आएका छन्। छोराछोरी पढाउन र घर खर्च धान्नकै लागि रावत दाजुभाइ गत मङ्सिरमा कामको खोजीमा भारत पुगेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...