News Portal

  • साउदीको जेद्दामा गोली चल्दा मृत्यु भएका नेपाली सुरक्षाकर्मीको पहिचान खुलेन

    हिमालीसंचार संवाददाता
    ६८४ पटक

    रियाद। साउदी अरेबियाको बन्दरगाह सहर जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा नेपाली सुरक्षा गार्डसहित २ जनाको मृत्यु भएको छ। अमेरिका र साउदी अरेबियाका अधिकारीहरूले घटनाको पुष्टि गर्दै आक्रमणको अनुसन्धान जारी रहेको बताएका छन्।

    मक्का क्षेत्रका प्रहरीका प्रवक्ताले अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो। सोही गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी २ जनाको मृत्यु भएको अलजजिरा समाचार संस्थाले जनाएको छ।

    सो घटनामा अमेरिकी नागरिकलाई भने केही पनि नभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी अधिकारीहरु साउदी अरबका अधिकारीहरुसँग सम्पर्कमा रहेको र घटनाको अनुसन्धान गरिरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

    साउदीको जेद्दामा गोली चल्दा मृत्यु भएका नेपाली सुरक्षाकर्मीको पहिचान भने खुलाइएको छैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २५ गतेको राशिफल

    आज मंसिर २५, २०८२ (डिसेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रामनाथ अधिकारीले गरे निर्वाचन नलड्ने घोषणा

    धादिङ, — नेपाली कांग्रेस धादिङका सभापति तथा निवर्तमान प्रतिनिधि सभाका सदस्य, साथै नेपाल सरकारका पूर्व...

    यात्री समाज कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न

    कुवेत, कुवेतकाे खैतानस्थित राजधानी होटलमा यात्री समाज कुवेतको दोस्रो वार्षिक उत्सव तथा प्रथम अधिवेशन उत्साहपूर्ण...

    गगन थापा चार जिल्लाबाट सिफारिस, काठमाडौं–४ नै थापाको पहिलो रोजाइ

    काठमाडौँ, मंसिर २४ – आगामी संघीय निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चार जिल्लाबाट...

    बहुविवाह मामिलामा डीएसपी मधु नेपाल पक्राउ, तीन दिनको म्याद थप

    बुटवल, मंसिर २४ – बहुविवाहको आरोपमा नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक मधु नेपाललाई रुपन्देही...