News Portal

  • विश्व परिप्रेक्ष्यमा नेपालको पत्रकारिताबारे अध्ययन गरिएको पुस्तक सार्वजनिक

    हिमालीसंचार संवाददाता
    २७४ पटक

    असार २, २०८० काठमाडौँ। विश्वव्यापी परिप्रेक्ष्यमा नेपालका सञ्चारमाध्याम र पत्रकारिता क्षेत्रको अवस्थितिबारे विस्तृत अध्ययन समेटिएको पुस्तक “ग्लोबल प्रस्पेक्टिभ अन जर्नालिजम इन नेपाल” को नेपाली संस्करण सार्वजनिक भएको छ।

    काठमाडौँस्थित कान्तिपुर सिटी कलेजमा आयोजित एक औपचारिक कार्यक्रमका बीच पुस्तक सार्वजनिक भएको हो। नेपालको पत्रकारिता र सञ्चारमाध्यमका समसामयिक अभ्यासमा केन्द्रित अनुभवजन्य अध्ययन, आलोचनात्मक समीक्षा, सैद्धान्तिक र दार्शनिक विश्लेषणसहितका विषयवस्तु पुस्तकमा समेटिएका छन्।

    पुस्तक सार्वजनिक गर्दै प्राध्यापक पी खरेलले नेपालको पत्रकारिताको सैद्धान्तिक र व्यवहारिक अनुसन्धानका लागि यो पुस्तक पथप्रदर्शक हुने बताए। “गहन अनुसन्धानबाट तयार पारिएका शोध र विज्ञहरूको ज्ञान समेटिएको यो पुस्तकले नेपालको समग्र सञ्चार जगत् र पत्रकारिता क्षेत्रको सैद्धान्तिक र व्यवहारिक उन्नयनमा योगदान गर्ने अपेक्षा छ”, उनले भने।

    पत्रकारिता क्षेत्रमा राजनीतिक प्रभाव देखिन थालेको उल्लेख गर्दै प्राध्यापक खरेलले नेपालको पत्रकारिता क्षेत्रको सुधारका लागि आलोचनात्मक ढङ्गले जानुपर्ने बताए। सोही कार्यक्रममा प्राध्यापक रामकृष्ण रेग्मीले पत्रकारिता क्षेत्रका तीन पुस्ताले योगदान गरेको यो पुस्तकका थप संस्करण पनि ल्याउन आश्यक रहेको बताए।

    पछिल्लो समय पठन संस्कृति हराउँदै गएको उल्लेख गर्दै रेग्मीले सामाजिक सञ्जाल र न्यू मिडियाको प्रयोगले ज्ञान र सूचनाको पुस्तान्तरण हुन नसकेको बताए। “अहिले पठन संस्कृति हराउँदै गएको छ । मानवजातिले सँगालेको अनुभव र ज्ञान एक पुस्ताबाट अर्को पुस्तासम्म पुर्याउनका लागि किताब महत्त्वपूर्ण छ”, उनले भने।

    प्राध्यापक कुन्दन अर्यालले पछिल्लो समय जनमानसमा असम्पादित सूचनाहरू बढी जाने गरेकाले त्यसलाई रोक्नु चुनौतीपूर्ण रहेको बताए। “अहिले सामाजिक सञ्जालको प्रयोग र सञ्चारमाध्यममा आएका नयाँ प्रविधिले सम्पादन नै नभएका सूचना नागरिकसम्म पुग्छन्, यो चुनौतीपूर्ण छ”, उनले भने।

    पत्रकारिता र सञ्चार क्षेत्रका २१ जना लेखकका शोधपूर्ण लेख समेटिएको यो पुस्तक भानुभक्त आचार्य र श्याम शर्माले सम्पादन गरेका हुन्। सम्पादक भानुभक्त आचार्यले नेपाललाई ‘केसस्टडी’ बनाएर विश्व परिवेशमा आधारित भई पुस्तकका विषयवस्तु राखिएको बताए।

    “नेपालको पत्रकारिताले संसारलाई भन्नुपर्ने केही कुरा छन् भन्ने लागेर यो पुस्तक लेखन सुरु भएको थियो। पुस्तकका विषयवस्तु नेपाली पाठकलाई भन्दा पनि अन्तर्राष्ट्रिय जगत्लाई जानकारी दिने उद्देश्य हो”, आचार्यले भने।

    पुस्तकमा भानुभक्त आचार्य, श्याम शर्मा, श्रीमन शर्मा, समीक्षा कोइराला, लक्ष्मण हुमागाईँ, तुलसी आचार्य, भगीरथ योगी, जगन कार्की, रामकृष्ण रेग्मी, सुजीना शाक्य, पियुष मिश्र, कुन्दन अर्याल, कवि अधिकारी, लेखनाथ पाण्डे, उषाकिरण रेग्मी, सन्देशदास श्रेष्ठ, हर्षमान महर्जन, विमला थपलिया, प्रवेश सुवेदी, रामहरि तिमिल्सिना र पूर्णबहादुर नेपालीका शोधपूर्ण लेख समेटिएका छन्। ४ भागमा रहेको पुस्तकमा फरक–फरक विषयका १८ वटा लेख समावेश छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १८ गतेको राशिफल

    आज कार्तिक १८, २०८२ (नोभेम्बर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...