News Portal

राहदानी बनाउँदा लाग्ने दस्तुर घट्यो, ६६ पृष्ठ र ३४ पृष्ठको राहदानी एउटै दस्तुरमा

हिमालीसंचार संवाददाता
४९९ पटक

असार १, २०८० काठमाण्डौ। राहदानी विभागले ६६ पृष्ठको साधारण राहदानी बनाउँदा लाग्ने दस्तुर घटाएको छ। यसअघि ३४ पृष्ठ र ६६ पृष्ठको राहदानी बनाउँदा फरक फरक दस्तुर लाग्ने भए पनि यही असार तीन गतेदेखि पाँच हजार रुपैयाँ मै ६६ पृष्ठको राहदानी बनाउन सकिने विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिनुभयो।

उहाँका अनुसार अब जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट ६६ पृष्ठको राहदानी बनाउँदा पनि पाँच हजार रुपैयाँ मात्र दस्तुर लाग्ने छ। यसअघि भने १० हजार रुपैयाँ लाग्ने गरेको थियो। ३४ पृष्ठको राहदानी बनाउँदा पनि दस्तुर पाँच हजार नै लाग्ने छ।

राहदानी कि त ३४ पृष्ठ र कि त ६६ पृष्ठको जारी हुन्छ। आफ्नो आवश्यकता अनुसार राहदानीको आवेदन दिँदा कति पृष्ठको बनाउने हो त्यो छनौट गर्न पाइन्छ। यसअघि भने पृष्ठ अनुसार लाग्ने दस्तुर फरक थियो। अब भने एउटै दस्तुरमा दुवै पृष्ठको राहदानी जारी हुन्छ।

काठमाण्डौमा रहेको राहदानी विभागबाट तत्काल राहदानी लिँदा भने १२ हजार रुपैयाँ दस्तुर लाग्छ। विभागबाट राहदानी बनाउँदा कम्तीमा तीन दिनभित्र हात पर्छ भने जिल्लाबाट बनाउँदा १० देखि १५ दिनमा राहदानी बनेर जिल्ला पुगिसक्ने विभागले जनाएको छ।

विदेशमा रहेका नेपाली दूतावासबाट राहदानी बनाउँदा भने देशगत रूपमा दस्तुरमा केही तलमाथि हुन सक्छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...