News Portal

सशस्त्रले ५ ठाउँमा स्थापना गर्‍यो विपत् व्यवस्थापन बेस, थप २ ठाउँमा गर्ने तयारी

हिमालीसंचार संवाददाता
३५२ पटक

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले देशका विभिन्न ५ ठाउँमा विपत् व्यवस्थापन बेस स्थापना गरेको छ। अन्य २ ठाउँमा १/२ दिन भित्र नै स्थापनाको तयारी गरिएको छ।

यसअघि धादिङको आदमघाट, बाराको निजगढ र धनकुटाको मुलघाटमा रहेको सुरक्षा बेसलाई विपत् व्यवस्थापन बेसको रुपमा स्तरोन्नति गरिएको छ।

यस्तै, म्याग्दीस्थित बेनीमा रहेको आश्रित गुल्म तथा डडेलधुराको अमरगढीस्थित नम्बर ५२ गुल्ममा अट्याच रहने गरी विपत् व्यवस्थापन बेस स्थापनमा गरिएको हो।

आदमघाट र निजगढमा सशस्त्र प्रहरी नायव उपरीक्षक र बेनी मुलघाट तथा अमरगढीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक सामानसहित विपत् व्यवस्थापन तालिम प्राप्त जनशक्ति तैनाथ गरिएको छ।

यसका साथै दाङको भालुवाङ र सुर्खेतको चिप्लेमा १/२ दिन भित्रै बेस स्थापनाको तयारी गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

भालुवाङमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ ज्वालामाई गणमा अट्याच रहने र सुर्खेतको चिप्लेमा यस अघि नै रहेको सुरक्षा बेसलाई स्तरोन्नती गरी विपत् व्यवस्थापन बेस स्थापना गर्ने तयारी गरिएको हो।

स्थापना भइसकेका विपत् व्यवस्थापन बेसमा आवश्यक सामान र जनशक्ति तैनाथ गरिसकेको छ। अन्य ३ ठाउँमा पठाउने प्रक्रियामा रहेको छ। सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उत्पादित जनशक्तिलाई ती ठाउँमा परिचालन गरिएको हो।

यसबाट तत्काल मनसुनजन्य प्रकोप तथा अन्य अवस्थामा हुने विपत्‌लाई समेत न्यूनीकरण गर्न र उद्धार कार्यलाइ थप प्रभावकारी बनाउन सहज हुने सशस्त्र प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...