News Portal

सशस्त्रले ५ ठाउँमा स्थापना गर्‍यो विपत् व्यवस्थापन बेस, थप २ ठाउँमा गर्ने तयारी

हिमालीसंचार संवाददाता
३९३ पटक

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले देशका विभिन्न ५ ठाउँमा विपत् व्यवस्थापन बेस स्थापना गरेको छ। अन्य २ ठाउँमा १/२ दिन भित्र नै स्थापनाको तयारी गरिएको छ।

यसअघि धादिङको आदमघाट, बाराको निजगढ र धनकुटाको मुलघाटमा रहेको सुरक्षा बेसलाई विपत् व्यवस्थापन बेसको रुपमा स्तरोन्नति गरिएको छ।

यस्तै, म्याग्दीस्थित बेनीमा रहेको आश्रित गुल्म तथा डडेलधुराको अमरगढीस्थित नम्बर ५२ गुल्ममा अट्याच रहने गरी विपत् व्यवस्थापन बेस स्थापनमा गरिएको हो।

आदमघाट र निजगढमा सशस्त्र प्रहरी नायव उपरीक्षक र बेनी मुलघाट तथा अमरगढीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक सामानसहित विपत् व्यवस्थापन तालिम प्राप्त जनशक्ति तैनाथ गरिएको छ।

यसका साथै दाङको भालुवाङ र सुर्खेतको चिप्लेमा १/२ दिन भित्रै बेस स्थापनाको तयारी गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

भालुवाङमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ ज्वालामाई गणमा अट्याच रहने र सुर्खेतको चिप्लेमा यस अघि नै रहेको सुरक्षा बेसलाई स्तरोन्नती गरी विपत् व्यवस्थापन बेस स्थापना गर्ने तयारी गरिएको हो।

स्थापना भइसकेका विपत् व्यवस्थापन बेसमा आवश्यक सामान र जनशक्ति तैनाथ गरिसकेको छ। अन्य ३ ठाउँमा पठाउने प्रक्रियामा रहेको छ। सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उत्पादित जनशक्तिलाई ती ठाउँमा परिचालन गरिएको हो।

यसबाट तत्काल मनसुनजन्य प्रकोप तथा अन्य अवस्थामा हुने विपत्‌लाई समेत न्यूनीकरण गर्न र उद्धार कार्यलाइ थप प्रभावकारी बनाउन सहज हुने सशस्त्र प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...