News Portal

डेढ अर्ब कुम्ल्याएर कहाँ भागे ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली ?

हिमालीसंचार संवाददाता
३८० पटक

बागलुङ। सर्वसाधारणले दुःखजिलोबाट बचत गरेको डेढ अर्बभन्दा बढी रकम हिनामिना गरेर इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष देवकुमार नेपाली प्रहरी प्रशासनको नाकै मुनिबाट दुई महिना भन्दा लामो समयदेखि फरार छन्।

बचतकर्ताले जम्मा गरेको रकम आर्थिक तरलताको अभाव देखाउँदै रकम फिर्ता गर्न नसक्ने सूचना टाँसेका अध्यक्ष नेपालीले बचत कर्ताको दबाबपछि केही समयभित्र आफ्नो नीजि सम्पत्ति बेचेर रकम फिर्ता गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेका थिए।

सहकारीका बचतकर्ताको भेला गरेर रकम ६ महिनाभित्र फिर्ता गर्ने प्रतिबद्धता जनाएका अध्यक्ष नेपाली रातारात परिवारसहित फरार भएपछि बचतकर्ता निराश भएका हुन्।

बचतकर्ताले आफ्नो रकम अध्यक्ष नेपालीले व्यक्तिगत रूपमा मनोमानी ढंगले प्रयोग गरेर हिनामिना गरेको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेर बचत रकम फिर्ता गराइदिन माग गरेका थिए।

बचतकर्ताले नाराबाजी गर्दासमेत जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख योगेन्द्रकुमार खड्काले सहकारीको ठगी आफ्नो कार्यक्षेत्र नपर्ने भएकाले ठाडो उजुरी लिन इन्कार गरेको सहकारी पीडित संघर्ष समितिले जनाएको छ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ देशमा भ्रष्टाचार र बेथिति रोक्ने भन्दै नयाँ अभियानमा हिँडिरहेको समयमा बागलुङ प्रहरी प्रशासनले पीडितको पक्षमा कहिँ कतै सहानुभूति समेत नदेखाएको, उल्टै सहकारीमा जनताको रकम हिनामिना गर्नेलाई संरक्षण गरेको आशंका स्थानीयले गरेका छन्।

गृहमन्त्रीका स्वकीय सचिव विज्ञान गौतमलाई भ्रष्टाचारविरूद्व अभियान बागलुङका टोलीले भेटेर जानकारी गराएपछि उनले प्रहरी प्रमुख खड्कालाई फोनबाट उजुरी दर्ता गर्न निर्देशन दिएपनि खड्काले आनकानी गरेको उनीहरुको भनाइ छ।

सर्वसाधारणको सुरक्षामा खटिने प्रहरी प्रशासनको चरम लापरबाहीका कारण जनताको अर्बौं रकम जोखिममा परेपछि अहिले स्थानीय बचतकर्ता निराश भएका हुन्। नेपाली ढोरपाटन नगरपालिकाका मेयर पनि हुन्। जनआस्थाबाट।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...