News Portal

साहित्यकार सुरेन्द्र महर्जन “अमर”को ‘अनौठो माया’ सार्वजनिक

हिमालीसंचार संवाददाता
४८८ पटक

काठमाण्डौं। विगत चार दशकदेखि नेपाली भाषा र नेपाल भाषामा निरन्तर कलम चलाउँदै आउनु भएका विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन “अमर”को साहित्यिक कृति “अनौठो माया” (उपन्यास) एक भव्य समारोहबीच राजधानीमा सार्वजनिक गरिएको छ।

ओएसनेपालको आयोजनामा ओएसनेपाल म्युजिक अवार्ड २०८० को नोमिनेसन प्रमाणपत्र वितरण कार्यक्रमको प्रमुख अथिति संघीय मामिला तथा प्रशासन मन्त्री अमन लाल मोदी र विशेष अथिति एसएसपि धनबहादुर कार्कीबाट संयुक्त रूपमा साहित्यकार सुरेन्द्र महर्जन “अमर”द्वारा लिखित उपन्यास सार्वजनिक गर्नुभएको भयो।

कार्यक्रम बोल्नु हुँदै प्रमुख अथिति मन्त्री अमन लाल मोदी र विशेष अथिति एसएसपि धनबहादुर कार्कीले अवार्डको प्रमाणपत्र पाउने सबैलाई हार्दिक बधाई र साहित्यकार सुरेन्द्र महर्जन “अमर”लाई शुभकामना र सफलताको कामना व्यक्त गर्नु भयो।

२०७४ सालबाट निरन्तर साहित्य र कला क्षेत्रका पुस्तक एल्बम लगायत साहित्यकार अमरका कृतिहरू ओएसनेपालले प्रकाशन गर्दै आइरहेको र अझ मौका मिलेको खण्डमा उहाँको कृतिहरू अझै प्रकाशन गर्दै जाने ओएसनेपालको तर्फबाट विवेक कार्कीले बताउनु भयो।

अनौठो माया (उपन्यास)का लेखक सुरेन्द्र महर्जन “अमर”ले आफ्नो उपन्यासभित्रका कथा काल्पनिक मात्रै नभएर अहिलेको जवानामा यथार्थमा पनि कहीँकतै आफ्नो बनेर धोका दिने मान्छेहरू धेरै हुने भएको कारण कथालाई अलग्गै तरिकाले उपन्यासमा समेटिएको बताउनु भयो।

नाम र मान्छेलाई पात्रको कुनै माध्यमबाट सम्बोधन गरे पनि कसैलाई होच्याउने नगरिएको बताउनु भयो। कथालाई पूर्णता दिन पात्रहरू आवश्यक पर्ने हुनाले कसैलाई पात्रको रूपमा समावेश गरेको उहाँले बताउनुभयो।

उपन्यासकार अमरले हालै सगरमाथा बेस क्याम ५३६४ मिटर अग्लो स्थानमा आफ्नो उनन्तिसौ कृति विमोचन गरेर विश्व कृतिमानी वल्ड बुक अफ रेकर्ड राखेर विश्व कृतिमानी प्रमाणपत्र हाँसिल गरिसक्नु भएको छ। लेखनका साथसाथै उहाँ चित्रकारिता तथा गायनमा पनि उतिकै शसक्त हुनुहुन्छ। उहाँको यस अघि कविता, गीत, हाइकु, एल्बम, गीतिकविता, उपन्यास, नेपाली कथानक गीतिचलचित्र गरेर ३१ भन्दा बढी कृति प्रकाशन भैसकेको छ भने, यो उपन्यास उहाँको ३२औं कृति हो।

उपन्यास सार्वजनिक कार्यक्रममा उपन्यासकार संघका अध्यक्ष शंकर भारतीले “अनौठो माया” उपन्यास पढ्दा घटनाहरू कौतुहलपूर्ण छन्। पढेपछि छोड्नै मन हुदैन अन्त कसरी हुन्छ अब के होला भन्ने जिज्ञासा हुँदाहुँदै उपन्यासको अन्त हुन्छ। जसलाई मैले लेखकको सुन्दर कल्पना शक्ति र सो कल्पनालाई मूर्त रूप दिन सक्ने अनुभवी लेखन सिल्पिकै उपज मानेको छु। वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन “अमर”लाई सुन्दर सृजनाको लागि शंकर भारतीले शुभकामना तथा बधाई ज्ञापन गर्नुभयो।

प्रतिकृया दिनुहोस्

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...